सरकारले आर्थिक वर्ष ०७२/७३ को बजेट मार्फत निजगढलाई स्मार्ट सिटीको अवधारणामा विकास गर्न तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गरेका थिए ।
निजगढ सहित मुलुकका तीन स्थानमा स्मार्ट सिटी निर्माण थाल्ने घोषणा गरेका हुन् । अर्थमन्त्रीले काठमाडौं उपत्यका, लुम्बिनी र निजगढमा एक/एकवटा स्मार्ट सिटी विकास गर्न गुरुयोजना तयार पारी कार्यान्वयनमा लगिने भनिए पनि अझं सम्म काम अघि बढेको छैन् । यसका लागि आवश्यक बजेट विनियोजन गरिएको भनिए पनि केहि पनि काम अघि बढेको देखिएको छैन् ।
सरकारले अघि सारेको स्मार्ट सिटीको अवधारणा अनुसार निजगढ नगरपालिकाको हालै सम्पन्न तेस्रो नगरपरिषद्ले पनि निजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारले अघि सारेको र नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘स्मार्ट सिटी’ अवधारणा बारे अन्यौलता छ । स्मार्ट सिटी भनेकै के हो ? निजगढमा स्मार्ट सिटीको परिकल्पना कसरी भयो ? यो सम्भव छ की छैन ? नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि चासो राख्नेहरुका वीचमा यो बहस फेरी शुरु भएको छ । यसबारेमा यहा“का राजनीतिक दलका नेता, निजगढ नगरपालिका कार्यालयले अझैं बुझाउन सकेको छैन् ।
सामान्यतया ‘स्मार्ट सिटी’ भनेको त्यस्तो सहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण ब्यवस्थित शहरकोे रुपमा परिभाषित गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ । यस्तो सहरमा सूचनाप्रविधि प्राथमिक पूर्वाधार हुनेछ र यसैमार्फत यहाँका बासिन्दालाई सेवा दिइन्छ । यहाँ अटोमेटिक सेन्सर र डाटा सेन्टर हुनेछन् ।
स्मार्ट सिटीमा अटोमेटिक ट्राफिक संकेत हुनेछन् । सहर ठुलो भएपछि सबैभन्दा ठुलो समस्या सवारी व्यवस्थापनमा हुने भएकाले यस्तो समस्या समाधान गर्न स्वचालित रूपमा सवारी साधनलाई निर्देशन गर्ने संयन्त्र स्मार्ट सिटीमा हुन्छ । यस्तो सहरमा निजीलाई भन्दा पनि सार्वजनिक सवारीलाई बढी प्राथमिकता दिइनेछ र यहाँ पनि सूचना प्रविधिको व्यापक प्रयोग गरिएको हुनेछ । साथै, कुनै सवारी दुर्घटना भए बटन थिचेपछि उद्धारका लागि सूचना सम्बन्धित निकायमा जानेछ । यसबाहेक, सहरका हरेक कुनामा सीसी क्यामेरा जडान गरिनेछन् र कन्ट्रोल रुममा बसेर सहरको गतिविधि निगरानी गर्न सकिनेछ ।
अर्को विशेषता भनेको डाटा सेन्टर हो । यस्ता केन्द्रहरूमा सहरबारे हरेक सूचना उपलब्ध हुनेछ । त्यसैगरी, अपराधीको पहिचान गर्न‘फेस आइडेन्टिफिकेसन सिस्टम’ हुनेछ । संदिग्धको फोटो र डीएनए कम्प्युटरमा राखेलगत्तै उनको विगत र अपराधका बारेमा तुरुन्त जानकारी लिन सकिनेछ ।पार्किङका लागि मानिसहरूले यताउता भौतारिनुपर्ने छैन । कुनचाहि पार्किङ स्थलमा ठाउ छ भन्ने जानकारी गाडीमै पाइनेछ । यसले प्रदूषणलाई समेत घटाउनेछ ।
स्मार्ट सिटीमा टेली उपचारको प्रयोग व्यापक हुनेछ । अब चिकित्सकलाई देखाउन लाइनमा घन्टौं बस्नुपर्ने छैन । घरमै बसेर विशेषज्ञ उपचार हासिल गर्न सकिनेछ । त्यसैगरी, सडकमा विशेषखाले बत्ती हुनेछन्, जसको चमक साझ, राति र बिहानमा आवश्यकअनुसार फरक–फरक हुनेछ । हरेक घरमा पानी र बिजुलीको खपत कति भइरहको छ भन्ने कार्यालयबाटै हेर्न सकिनेछ । यस्ता सहरमा फोहोर व्यवस्थापन पनि अत्याधुनिक हुनेछ । शहरको कुन ठाउ“मा फोहोर थुप्रिएको छ भन्ने हेर्न सकिनेछ । स्मार्टफोन एप्लिकेसनबाट सबैभन्दा नजिक रहेको ट्याक्सीलाई घरसम्मै बोलाउन सकिनेछ । पानी,पार्क र हरियालीले सुन्दर र आकर्षक मात्रै होइन पूर्ण वातावरण मैत्री हुनु पनि ‘स्मार्ट सिटी’को अर्को विशेषता हो ।
त्यसैले अब निजगढको विकास यो अवधारणामा विकास गर्न नेताहरुले भाषण गर्दा–‘हाम्रो सोच स्मार्ट हुनु पर्छ’ भनेर मात्र हुदै“न त्यसका लागि गुरुयोजना बनाउन र आवश्यक बजेटको लागि पहल गर्नुपर्छ ।

Post a Comment
Post a Comment