0
म शिक्षा मन्त्री भएको तीन महिना पुगेको छैन् । यो अवधिमा यो नौं वटा अन्र्तकृया भईसक्यो । एउटा हेटौंडामा  मन्त्रालयबाट सह–सचिवलाई पठाएर ग¥यौं । यसरी नौं वटा हाम्रा अन्र्तकृया भएका छन् । त्यस मध्ये तीन वटा अन्र्तकृया २ नम्बर प्रदेशसंगै सम्बन्धित छ । एउटा हेटौंडा, बर्दिवास र यो निजगढमा भयो ।
भुकम्पले पढाईलाई असर पा¥यो । त्यस पछि मधेस–तराईमा उठिरहेको आन्दोलनले प्रभाव पा¥यो । अनि नाकाबन्दीले प्रभाव पा¥यो । तर एसएलसी चाहि“ सार्न मिल्दैन् । हामीले यसलाई चैत्रमा नै सक्नुपर्छ । त्यस भएन भने फेरी के हुन्छ भने तपाईले खास क्षेत्रको आन्दोलनलाई हेरेर तपाईले समग्र देशको पढाईलाई असर गरिदिनु भयो भने त्यसले युवा पुस्तालाई नै प्रभावित पार्छ र देशलाई प्रभाव पार्छ । त्यस कारण म आफै आन्दोलनकारी नेताहरुसंग भेटेर भने–‘राजनीतिक मुद्दा छ, यो आन्दोलन राजनीतिक ढंगबाट चलोस त्यसलाई राजनीतिक रुपमा सम्बोधन गर्न हामी प्रयत्नरत छौं । तपाईहरुको नेतृत्वमा शैक्षिक संस्था खोलिदिनुस् ।’
उहा“हरुले ढिलै भए पनि खोलिदिनु भयो र विहानी कक्षा हुदै“ दिनको कक्षा सञ्चालन भईरहेको छ । कुनै जिल्लामा ५४ दिनको वरिपरि पढाई प्रभावित भएको छ । कुनैमा अतिकति बढी छ कनैमा अति कम छ । यस्तो बेलामा हाम्रा शिक्षा अधिकारीहरुले पनि यो पछिल्लो अवस्थामा   पहल लिनु भएको छ । ‘ईनिशेसन’ लिनु भएको छ । कहि“ ‘फर्मल ड्रेस’मा विद्यार्थीहरु विद्यालय पुगेका छन् भने कतै ‘ईन्नफर्मल ड्रेस’मा पनि छ । अनि शनिबारको छुट्टि पनि दिएको छैन् शुक्रबारको हाप छुट्टि पनि दिएको छैन् । छुट्टिका दिनहरुलाई पनि पठनपाठनमा जोडिएको छ । त्यस कारण यसले एउटा सकारात्मक ‘म्यासेज’ दिएको छ ।
मैले दुई नम्बर प्रदेशको ठुलो अन्र्तकृया कार्यक्रममा भनेको थिए“ कि–देश असमान्य परिस्थितिमा हि“डेको बेलामा हामी जिम्मेवारीमा रहेका कर्मचारीहरुले सामान्य ढंगले हिड्न सक्दैनौं । त्यसकारण हाम्रो हि“डाई पनि असमान्य हुनुपर्छ । हाम्रा विधि पनि असमान्य हुनुपर्छ । त्यसैले मैले भने एफएमबाट पठनपाठन सुरु भएको छ । त्यो मंसिर १५ बाट सुरु भएको हो । त्यस पछि हामीले पुष १ गतेबाट टेलिभिजनबाट पढाई राखेका छौं । नेपाल टेलिभिजनको कार्यक्रम     बद्लियो । अहिले हामीले विद्यार्थीको सहयोगको लागि सहयोगीको लागि अझं भनौं यहि दुई नम्बर प्रदेशलाई ‘फोकस’ गरेर हामीले के ग¥यौं भने सहयोगी पुस्तिका हामीले उपब्ध गराउने भनेर कार्यान्वयनको तहमा छ ।  त्यसले पनि सहयोग गरिरहेको छ र अब हाम्रो दुई सय ४० दिन शैक्षिक संस्था खोल्ने, एक सय ९० दिन पढाउनै पर्ने यो विगतका मापदण्ड छन्, त्यो मापदण्ड पुरा हुदै“नन् । त्यसैले मैले के भने कि असमान्य परिस्थितीमा असमान्य ढंगका विधि बनाएर विस्तारै हि“ड्नु हुन्छ भने अलि दौडिनु प¥यो । त्यसमा हाम्रो शिक्षा कार्यालयले शिक्षा सरोकार राख्ने सबै पक्षलाई परिचालन गर्नुप¥यो । तपाईको पहल चाहिन्छ । मैले पहिले नै भने नि–‘पहल, ‘ईनिशेसन’, लिडरशिप देखा पर्नुप¥यो । त्यो १० देखि ४ बजेसम्म अफिस जाने अनि आफ्ना औपचारिक जिम्मेवारी निर्वाह गर्ने भन्ने ढंगले जागिरे मानसिकताबाट हुदै“न् ।’ मैले पहिले पनि भनेको छु । एक पटक फेरी दोहा¥याए मैले सबैलाई ।
दुई नम्बर प्रदेश सकेर झापा, मोर·, सुनसरी, कञ्चनपुरदेखि दा·सम्मको नेपालगञ्जमा सकेर फेरी मकवानपुर देखि कपिलबस्तुसम्मको भैरवाहामा सकेर अब म भुकम्प प्रभावित क्षेत्रमा हि“डेको छु र पुष १८ गतेबाट मैले सिन्धुपाल्चोकबाट यो सुरु गरेको ओखलढु·ा, खोटा·, सोलु सके । त्यसपछि दोलखा, रामेछाप, काभ्रे र सिन्धुली सके“ । अहिले म ८ वटा जिल्लाको सप्तरी देखि पर्सासम्मको कार्यक्रममा छु । माघ १० गतेसम्म म सबै भुकम्प प्रभावित क्षेत्रको सकेसम्म यर्थात विवरण संकलन गरेर अगाडी बढ्नेमा छु । यो अगाडी बढ्ने प्रकृयामा शिक्षा मन्त्रालयमा भुकम्पले प्रभावित पारेको हेर्ने विगतको ब्यवस्था कमजोर भएको हुनाले प्रोजेक्ट ईम्पीमेन्टेशन युनिट( पीईयु) भनिन्छ, त्यो अहिले निर्माण गरेको छु । त्यसैगरि त्यसको अघि हाम्रो मध्यमाञ्चलका निर्देशक बोल्नु भयो । उहा“लाई त्यसको जिम्मेवारी दिएको छ । त्यसमा निर्णय गर्ने प्रकृयामा हाम्रो सरकारी काम गर्ने तौल तरिकामा ढिलासुस्ति हुने भएकाले उता तयारीमा पनि छु यता काममा पनि संगसगै लिएर हि“डिराखेको छु । त्यसैगरि जिल्ला पनि (डिईयु) बनाउने भनेर डिस्टिक ईम्पीमेन्टेशन युनिट एउटा बन्छ र ईन्जिनियरको नेतृत्वमा अरु सव ईन्जिनियर रहेर अहिले भएको ब्यवस्था पनि यथेष्ट छैन् । जुन ढ·को ८ हजार शैक्षिक संस्था ध्वस्त भएको छ । १० हजार बालबालिकाको पढाई प्रभावित भएको छ । त्यो कुरालाई समान्यतया विगतमा ५ वर्षभित्र गर्ने भन्यौं, तर मैले आफ्नो मार्गचित्र तयार गर्दाखेरी मैले शैक्षिक संरचना तीन वर्ष भित्र बनाईसक्ने भनेर प्रतिवद्धता गरेको छु र म त्यसमा अहिले दौडिराखेको छु । त्यहि शिलशिलामा यो बैठक आयोजना भएको हो ।
अब मैले माननिय ज्यूहरुलाई अरु ढंगले गर्न पाएको भयो अझं बढी सुन्न पाउनु हुन्थ्यो । तर मलाई कार्यक्रमको दृष्टिकोणले कार्यक्रम सफल भएको छ ।  जो साथीहरु आउनु भएको छ । मलाई लाग्छ सप्तरीको जिल्ला शिक्षा अधिकारी हुनुहुन्न रहेछ अरु सबै आउनु भएको छ । सप्तरीबाट पनि प्रतिनिधि आउनु भएको छ, रिपोर्टहरु राख्नु भएको छ ।
यहा“ आएका कुरा मध्य समस्या चाहि“ सतहमा आए । मेरो बुझाईमा । कुनै अहिले नै प्रभावकारी कार्यान्वयन गरेर जानु पर्ने छ । केहि कुरा हामीले मन्त्रालयमा गएर निर्णय गर्नुपर्ने खालको पनि छ । म गएर आवश्यक छलफल गरेर निर्णय गरेपछि तपाईहरुको विचमा त्यो आउ“छ ।
अब तपाई सबैलाई मैले आग्रह गर्ने कुरा के हो भने नि जुन विधि म आपनाउदै छु नि त्यो तल सम्म जान्छ । यो विधि अन्र्तगत जिल्ला जिल्लामा अन्र्तकृया हुन्छ । तपाईहरुले उत्तर दिनुपर्छ म राजनीतिक दलका नेतासाथीहरु, जनप्रनिधिहरु, पत्रकारहरु राखेर छलफल गर्छु । यो बुझ्नु होला विगतमा कसरी गयो म त्यसमा जान चाहान्न, गल्ती गरे विगतका सरकारले माफि माग्छु म । फेरी ठिक सुरु गर्छु भन्नु मैले । मैले भन्छु फ्रान्समा क्रान्ति भए पछि समानता, स्वतन्त्रता र भातृत्व जब प्राप्त भयो । लायन नदीको माथी बसेर भनियो अब यात्रा यहा“बाट सुरु हुन्छ । हामीले पनि धेरै ठुलो, सात सालको वरिपरिको उठेका जुन मुद्दा थियो–जनताको प्रतिनिधिबाट संविधान बनाउने । हामीले अशोज ३ गते बनाएर घोषणा ग¥यौं । हामीसंग गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता सहितको एउटा संविधान छ । यो संविधानलाई अझ परिमार्जन गर्नुपर्छ । संविधान घोषणा गर्दा गर्दै तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाले मन्त्रीपरिषदबाट र संसदबाट संसोधन प्रस्ताव पेश गर्नुभएको छ । अहिले हामी सिमांकनको लागि पनि प्रमुख दलहरु र आन्दोलनकारीहरु छलफलमा छौं । संविधानलाई अझैं संसोधन गर्दै र आगामी दिनमा नेपाली जनताले पटक–पटक संसोधन गरिरहन्छन यो । कुनै धार्मिक ग्रन्थ होईन यो । संविधान भित्रको सार्वभौमिकता , हाम्रो अखण्डता, स्वाधिन्ताको कुरा परिवर्तन हुन सक्दैन् । अरु कुरा सबै परिवर्तनशील छन् । गतिशील संविधान छ । त्यो संविधानको आधारमा हाम्रो यात्रा सुरु भएको छ । त्यो संविधान बनेपछि पहिलो शिक्षा मन्त्री हुने अवसर मैले प्राप्त गरेको छु । संविधानले शिक्षालाई मौलिक आधिकारका रुपमा हुर्न र त्यसका आधारमा शिक्षालाई पुर्नगठन गर्नु   मेरो मुल जिम्मेवारी हो । संविधानले मलाई आम रुपमा शिक्षालाई मौलिक अधिकार भन्यो त्यसमा दलित, महिलाहरु अनि सिमान्तकृत समुदायहरु र अपा·हरुलाई विशेष ब्यवस्था गर भनेको छ हाम्रो संविधानले । त्यसका लागि नियमकानुनहरु निर्माणको प्रकृयामा छौं ।
त्यसकारणले विगतमा हामीले यो ढ·ले काम गरेका थियौं, यो हाम्रो कार्य पद्धतीमा म चल्छु भनेर साध्य चल्दैन् । जसजस्ले जहा“ जहा“ त्रुटि गर्नुभयो, मैले मन्त्रालय बोलाएको छु । मैले पठाएको छु यो बुझ्नु होला, त्यत्तिकै फर्काईएको छैन् । जो चेन अफ कमाण्डमा आउनु हुन्न र माथिबाट हामी जान खोजेका छौं, संविधानको बाटोमा जानुहुन्न उहा“ फर्किनुहुन्छ । फिल्डबाट चाहे त्यो तलको होस् वा माथिको होस् । त्यसैले मैले मन्त्रालयको सचिव, डिजि, डाईरेक्टरहरु सबै मसंग हिड्नु हुन्छ, म एक्लै हिड्दिन् । म यहा“ पोल्टिकल भाषण गर्न आएको पनि होईन् । म संविधानको मर्म बुझाउन, यतिखेर चाहि“ शिक्षा क्षेत्रलाई नया“ ढ·बाट लैजान आएको हु“ ।
एक जना प्रिय कवि हुनुहुन्छ, कृष्णसेन । उहा“ले प्यारो मधेस भन्ने कविता लेख्नु भएको छ । तपाईहरु खोजेर पढ्नुस् । तपाईहरु सबैले मधेस दुई नम्बर प्रदेश हाम्रो संविधानले बनाएको सबैभन्दा राम्रो प्रदेश हो । पहिचान र सामाथ्र्यको दृष्टिकोणले । यसमा थपौंला अरु कुराहरु तर यसलाई कहा“ पु¥याउने ? तपाईहरुको हातमा छ । यहा“ तपाईहरु धेरै मधेसी चेहराहरु हुनुहुन्छ । यो अहिले पनि मानव सुचांक र शैक्षिक सुचांकमा कर्णाली र मधेस पछाडी पर्नुको कारण के हो ? हिजोको शासकहरु एउटा पाटो भयो । त्यो शासकहरुको विरुद्धको संर्घषमा मधेस विद्रोह हुद“ै संघीयतातर्फ लैजाने त मधेस हो नि त । त्यो कोणबाट हेर्दा त मधेसमा आएको बजेट त सदुपयोग कसरी गर्ने ? तपाईको भागमा छ कि      छैन ? तपाईहरुले सोच्नु पर्छ कि पर्दैन् ? कहा“ समस्या छ ? शहर बजारका केही टाठा बाठाहरुको दबाबका आधारमा दिने कि वास्तविक समस्याका विचमा तपाईलाई अप्ठेरो आउ“छ ।
कार्यक्रमकै क्रममा माननीय रामअयोध्या यादबले राख्नु भयो नि कि मधेसमा भुकम्प, नाकाबन्दी, मधेस आन्दोलनसंगै भ्रष्टचारको समस्या छ  भन्नु भयो । म धन्यवाद दिन चाहान्छु । हामी सबैले यो सच्याईलाई स्वीकार गर्नुपर्छ । म कर्मचारीहरुका, शिक्षकहरुको शिक्षामा सरोकार राख्नेहरुको मुद्दालाई म सकारात्मक ढंगले सम्वोधन गर्न पहल गरिराखेको छु । संसदमा  शिक्षाका दुईवटा विधेक आइसकेका छन् । शिक्षा ऐनका संशोधन गर्ने आठौं विधेक आईसकेको छ । खुल्ला विश्व विद्यालयको ऐन आईसकेको छ । एउटा समितिमा गईसक्यो र संसोधन आएका छन् । ती विधेक चा“डै नै अघि बढ्छ ।
तपाईहरुको समस्याहरुलाई एमपीहरुको विचमा लगेर, संसदमा लगेर हल गर्नको लागि प्रयत्नरत छु । तर तपाईहरु देशको समस्या समाधान गर्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? मुख्य कुरा यो हो । अघिल्लो कार्यक्रममा पनि मैले सुनाएको थिए“ । बर्मा स्वाधिन भयो । स्वाधिन भए पछि बर्मामा महालेखापाल बनाउनु पर्ने भयो । त्यहा“ बर्मेली विचमा त्यो तहको मान्छे भेटिएन् । एक जना  निम्न तहको मानिसलाई गएर तिमि बसिदेऊ भनियो । जो त्यहा“का बुद्धको गुरुकुलको शिक्षा दिने मानिस थिए, उभाछिन भन्ने । उनले के भने –मलाई महिनामा १० दिन चाहि“ गुरुकुलको शिविर चलाउन दिनु पर्दछ । २० दिनमा म आफ्नो काम पुरा गर्छु तयार हुुनुहुन्छ भने पछि राज्य तयार भयो । उनको कार्यकालमा सफा, स्वच्छ ३० दिनमा सकिने काम २० औं दिनमा नै सकियो । त्यो काम कसरी गर्ने ?
तपाई जब यो क्षेत्रमा हुनुहुन्छ । यो मेरो राष्ट्र निर्माणको अभिभारा मेरो का“धमा आयो भनेर जब तपाई सोच्नु हुन्छ नि त्यहा“ आउने दुःख, कष्ट र चुनौतिहरुको विचबाट तपाईले आफुलाई निकाल्न निकै सजिलो हुन्छ । जब–जब तपाई त्यसरी सोच्नु हुन्न, अनि तपाईको विचारमा, मनमा अन्य अन्य कुरा रहन्छन्, त्यसले तपाईलाई के गरिदिन्छ भने कतब्र्यबाट विमुख गराउ“छ । तपाईलाई च्यूत गराउ“छ । अहिले यस्तो स्थिति भयो, पहिलेका मानिसहरु मैले कुनै गल्ती गरे भने देखि मलाई हेर्न माथि शक्ति छ भन्थ्ये, उनीहरु नैतिकताबाट चल्थ्ये । अहिले त हद दर्जाको स्वार्थी, ब्यक्तिबादी, अपराधिक खालको मान्छे आफु भित्र लुकेको छ । र जनताले तिरेको करको आधारमा आएको बजेट दुरुपयोग गर्न पनि उद्धत छ । त्यो मान्छेलाई तपाई भित्रको अर्को सकारात्मक मान्छेले नियन्त्रण गरेमात्र ठिक ढ·ले जान्छ । त्यसैले यति खेरको आवश्यकता भनेको संविधानको आधारमा तपाई पुर्नसर्मिजत हुन जरुरी छ । हामी मानसिक रुपमै पुर्नगठित हुन जरुरी छ । हामीसंग भएको पूर्वीय दर्शनका महत्वपूर्ण विचारहरु छन्, त्यसलाई मात्र हेरिदिनु भयो भने तपाई शान्तसंग आफ्नो कार्यभार निर्वाह गर्न सक्नु हुन्छ । मान्छेको मृत्य स्वभाविक छ । तर राम्रो काम गर्दा गर्दै गईसकेपछि त्यसका ठुलो सम्मान पनि हुन्छ । मैले अहिले तपाईहरुसंग हाम्रो शिक्षा क्षेत्रमा राम्रो काम गरिदिने शिक्षा अधिकारीहरु खोजेको हु“ । राजनीतिज्ञहरु खोजेको हु“ । प्रशासकहरु खोजेको हु“ । हामीले जे काम गरेका छौं, दुःखका साथ गरेका छौं । त्यसकारण यतिखेर तीन वटा कुरामा सबैले एक साथ सबैलाई महत्वकासाथ काम अगाडी बढाउनु प¥यो ।
एसएलसीको तयारी
एसएलसीको तयारी असमान्य ढ·ले  पढाईको तरिका अगाडी बढाउनु प¥यो । यो वर्षबाट हामीले लेटर ग्रेडि· सिष्टमका गयौं । प्राधिविक धारका विद्यालयले अघिल्लो वर्षदेखि नै गरेका थिए । अहिले हामी गयौं । यो बुझ्नु होला कि यो प्रणाली सार्क मुलुकमा सबैले लागु गरि सके । हामी सबैभन्दा पछाडी हौं । जसले सुरु गर्दा पनि सुरुमा अप्ठेरो हुन्छ ।  यो तपाईहरुले बुझ्नु भएको छैन् भन्देखि तपाईहरुले पनि नबुझेपछि अरुले गरेको नकारात्मक प्रचारको जवाफ कसरी दिने ? तपाईले जवाफ नै दिन सक्नु हुन्न । तपाई पनि नकारात्मक प्रचारप्रति बहकिनु हुन्छ । त्यसैले पहिला तपाईले बुझ्नु प¥यो नि । शिक्षक यदि नबुझिकनै कक्षा कोठामा गएर पढाउ“छ भने हालत के हुन्छ ? एउटा डाक्टर अप्रेशन गर्न नजानेको मान्छे अप्रेशन थ्रिटर जान्छ भने विरामीको के हालत हुन्छ ? त्यसैले तपाईले बुझेको छैन् भने मैले बुझेको छैन् भन्नु प¥यो । तपाईले १० पटक पढ्नु प¥यो त्यो । बुझ्ने कोशिस गर्नुप¥यो । यो लामो मेहनत सहित विज्ञहरुसहित बनाईएको छ । ‘डि’ र ‘ई’ समुहमा पर्ने विद्यार्थी स्वतः माथि जादै“नन् यो बुझ्नु होला । तपाईको जिल्ला एसएलसीको रिजल्टमा कुन तहमा प¥यो ? त्यसको आधारमा तपाईहरुको मुल्याङकन हुन्छ ? शिक्षा मन्त्रालयमा ४ सय ८४ जना उपसचिवहरु छन् । मैले एक–एकको डाटाहरु लिईराखेको छु  । सचिव र डिजीलाई भनेको छु–हाम्रा उपसचिवहरुको अहिलेसम्मका प्रफमेन्सको रिजल्ट दिनुन भनेको छु । म सल्यान पुग्दा त्यहा“का अधिकारी त्यति राम्रो काम गरेको देखे“ । पाल्पामा पनि एउटा नगरपालिकाले साक्षर घोषणा गरेको देखे“ । मैले हेरेराखेको छु, तपाईको भुमिकाहरु । तपाईहरुले कुन ढंगले काम गरिराख्नु भएको छ त्यसको फिचरहरु लिईराखेको छु । मैले प्रधानमन्त्रीज्यूले राख्नु भएको समिक्षा गोष्टिमा अब नगर शिक्षा अधिकारी घोषणा गर्छुमा तपाईले अनुमति दिनुस् भनेर मैले भनेको छु ।
त्यत्तिकै छोडिदैन् । मैले शिक्षकसाथीरुलाई भनेको छु– शिक्षामा अतिसह्य राजनीति भयो । यो राजनीतिकरणले हुदै“न् । म पार्टीहरुलाई पनि भन्न चाहान्छु– तपाईको शिक्षक संगठनको भुमिका कक्षा कोठामा हो । स्कुलमा गएर राम्रो पढाएकी पठाएनन् भन्नेको आधारमा मूल्याङकन हुनुप¥यो । पार्टीको कार्यक्रममा गयो कि गएन्, जुलुसमा आयो कि आएन् ? चन्दा उठाई दियो कि दिएन् भन्ने कुराले मास्टरको मुल्याङकन हुदै“न् । एउटा ठुलो बहसमा संविधानमा यदि लागु गर्ने हो भने एउटा ठुलो बहस शिक्षा क्षेत्रमा जरुरी छ । यो ढ·ले हेडमास्टर चयन गर्न सकिदैन् । यो प्रकारले ब्यवस्थापन समितिको चुनाब गर्न सकिदैन् । जहा“ मान्छेको मृत्यु हुन्छ । जो शिक्षामा लाग्छ त्यो प्रतिनिधि नै हुन सक्दैन् । यो ढ·ले हुद“ैन् । यसरी शिक्षको पद्धति सुधार हुदै“न् । त्यस कारण अहिले भएकै विचबाट पनि हामी परिवर्तन ल्याउन सक्नु पर्ने चुनौति छ ।
म शिक्षा प्रणालीमा सुदृढीकरणबारेमा सोचिरहेको छु । न्यूनतम भौतिक पूर्वधार, न्यूनतम शिक्षक, न्यूनतम पाठ्यक्रम यी चिज नभईकन चल्दैन् । म यो कुरामा ठुलो राष्ट्रिय बहस गराएर एउटा साझा सहमति गराउ“दैछु ।
शिक्षामा पा“च वटा समस्याहरु छन् । त्यो कुरा मैले आफ्नो १८ बुदे प्रतिवद्धता पत्रमा पनि उल्लेख गरेको छु । पहिलो पहु“चको समस्या छ । दोस्रो गुणस्तरको समस्या छ । तेस्रो अनुसन्धान मुलक शिक्षा प्रणाली    छैन् । चौथो अन्र्तराष्ट्रिय समकक्षि छैन्  र पा“चौं विकसित प्रविधि अनुसार हाम्रो शिक्षा चलेको छैन् । मोवाईलबाट पढाउन सकिन्छ, एफएमबाट पढाउन सकिन्छ , टिभिबाट पढाउन सक्नु हुन्छ, ईन्टरनेटबाट पढाउन सक्नुहुन्छ । यस्ता नया“ चिज आईसक्यो । हिजोको जस्तो घोकन्ते चलनले अब चल्दैन् । हाम्रो अगाडी पट्टिको उद्देश्य के हो ? हाम्रो देशलाई स्वाधिन र समृद्ध राष्ट्र बनाउनु छ । यो गरिब मुलुक होईन्, परिएको हो । हिमालको शौंन्दर्य हेराएर धनि बनाउन सकिन्छ, यो तराई मधेसमा अत्यन्तै ठुलो कृषि क्रान्ति गरेर जैविक खेति मात्र गरेर हामी धनी बन्न सक्दछौं । हामीले पहिले त्यति धेरै अन्न उत्पादन गरेर विदेश निर्यात गथ्यौं । केहि वर्षको तथ्याङक हेर्ने हो भने माग्नेमा गयौं हामीहरु । तपाई जडिबुटी उत्पादन गरेर धनि बन्न सक्नु हुन्छ । वन्य क्षेत्रको औद्योगिकरण गरेर धनि बन्न सक्नु हुन्छ । यत्रो श्रमशक्ति छ, जो अरब तिर गएको छ तपतप पसिना चुहाएर तातो घाममा काम गरेको छ । विमानस्थलमा हरेक दिनजसो बाकसमा लास आउ“छ । यो दृष्य बदल्नु प¥यो । हामी हुने आधार छ । हामी धनी हुने सबैभन्दा शक्तिशाली  माध्यम भनेको शिक्षा हो । शिक्षामा क्रान्ति नगरि स्वाधिन बन्दैन्, पराधिन बन्दछ यो बुझ्न जरुरी छ ।
मेरो विचारमा स्वाधिन राष्ट्र बनाउने एउटा शसक्त आधार हो । भुगोलमा पृथ्वीनारायण शाहले नेपाललाई एकिकरण गर्नुभयो तर मन र भावना अझैं एकिकृत भईसकेका छैनन् । अब शिक्षाबाट हामी राष्ट्रिय एकिकरण गछौं । भोलीका दिनमा त्रिभाषिक नीति अपनाउ“दछौं । सबैको भावनाहरु हामी ठिक ढ·ले सम्बोधन गछौं । त्यसकारण शिक्षा सामान्य कुरा होईन् । यो राष्ट्रिय एकिकरण र समृद्ध राष्ट्र बनाउने माध्यम पनि भएकाले त्यसलाई कायान्वयन गर्ने हामी पात्रहरु हौं । यो पात्रको कोणबाट हेर्दाखेरी तपाईले एसएलसीको यतिखेरको कामलाई सबैले केन्द्रविन्दुमा राखेर हेर्नुपर्छ र म सबैसंग कुरा गर्न आईराखेको      छु । किन कुरा गर्न आईराखेको     छु ? एसएलसीको तयारी कस्तो छ भन्ने ढ·ले बुझ्न पनि आएको हु“ । हामीले तलब पनि खाएकै छौं, कार्यालय नखुले पनि कार्यालयमा आगजनी भए पनि । हामीले खाईराखेका छौं, हामीले गर्नुपर्ने केही न्यूनतम कामहरु गरिराखेका छौं । म थाहा“ पाईराखेको छु । विगतकै सिष्टम अन्र्तगत नै भौतिक पूर्वाधारका कामहरु अवान्छनीय तरिकाबाट वितरण भईराखेको पनि थाहा“ पाईराखेको छु । तपाईहरु अब्यवस्थित ढ·ले अलि खुल्ला नहुञ्जेल अर्को ठाउ“मा कार्यालय चलाउनुस् । सल्लाहबाट चलाउनुस् । लुक्नु पर्ने कुरा केही पनि छैन् । त्यो कार्यालयलाई केन्द्रित गरेर । अहिले शिक्षासंग जोडिएको कुरा काम गर्न अस्थायी ढ·ले एउटा सेन्टर बनाएर काम सुरु गर्नुस् । यो एसएलसीको लागि रोकिदैन् यो कुरा । अरु म मिलाउ“छु । जुन समस्या छ मलाई जिम्मा दिनुस् । एउटा सुरक्षित ढ·ले, एउटा कन्ट्रोल हुनुपर्छ जहा“बाट । जुनसुकै चिज । तपाई एसएलसीलाई कन्ट्रोल गर्ने पात्र हो ।
पुस्तक मैले साझा र जनकशिक्षासंग छलफल गरेर सरकारी संस्थाबाट छापिन सक्दैन भने निजि क्षेत्रलाई छपाईको जिम्मा दिन्छु  । मैले भनेको छु त्यो कुरा । संसदको समितिले मलाई भनेको     छ । यहा“ संसदीय समितिको साथीहरु पनि हुनुहुन्छ । त्यस विषयमा पनि म लागि रहेको छु । कार्यान्वयन तिब्र गतिले गर्ने हो । यो विचमा छुट्टि हुदैन् धेरै, बुझिराख्नु होला । एसएलसीको बेलामा लामो छुट्टि लिएर यसलाई प्रभावित गर्ने काम हुनु हुदै“न् । असाधारण, विशिष्ट स्थितिमा मात्रै त्यो कुराहरु हुन्छ । मैले यो विषयमा अरु साथिहरुलाई पनि भनेको छु ।
अहिले तपाईहरुको केन्द्रविन्दु भनेको एसएलसीको तयारी हो । मलाई जहा“ एसएलसीको तयारी ठिक ढ·ले हुदै“न्, ब्यवस्थित ढ·ले जादै“न् भन्ने लाग्छ त्यहा“ परिवर्तन गरिहाल्छु । तीन महिना भित्र मैले चलाएको छैन् नि कसैलाई पनि । किन छैन ? म प्रफर्मेन्स हेर्छु भनेर हो । त्यसैले थोरै मात्र मिलाए माथि विभागमा, थोरै । तीन महिनादेखि मैले हेरिराखेको छु । ब्यवस्थित ढ·ले लानु पर्छ यसलाई ।
दोस्रो कुरा भुकम्प प्रभावित क्षेत्रबाट पुर्ननिर्माणको अभियान छ शिक्षाको । त्यसमा हात हालेको छु । १४ वटा जिल्लालाई साधारण क्षति भएको जिल्ला भनेर छुट्याएको   रहेछ । त्यो भन्दा बढी धेरै राम्रो बजेट चाहि बाकी जिल्लामा छ । भौतिक पूर्वाधार अन्र्तगत आएको भुकम्प प्रभावित क्षेत्रमा बाड् र अरु बाकीलाई बाड् भनेर पठाएको हो यो ।
हाम्रा माननीयज्यूहरुलाई पनि कन्फ्यूज हुनुहुन्छ । खास भएको के हो भने पहिलो सुचिमा पर्ने जिल्लालाई भयङकर काम होला भनेर २ अर्व पैसा पठाईयो । तर त्यहा“ गएर हेर्दा खेरी त्यहा“ निकै अप्ठेरो स्थिति छ । म आफै कन्फ्यूज छु म मधेसबाट निर्वाचित भएको मान्छे हो अनि मधेसमा बजेट पुगेको छ कि छैन्न भन्ने कोणबाट हेर्नलाई अहिले म प्राविधिकहरु लिएर हिडिराखेको छु । मैले बेरुजुको कुरा धेरै बुझेको किन ?
बाराको निजगढ–८ स्थित गौरि शंकर उमाविमा प्रदेश नं. २ अन्र्तगतका जिशिअ र सांसदहरुसंग शिक्षा मन्त्रालयले गरेको अन्र्तयामा शिक्षा मन्त्री पोख्रेलले गरेको सम्बोधनको संक्षिप्त अंश ।

Post a Comment

 
Top