0
निजगढसमाचार, निजगढ

निजगढ नगरपालिका भित्र नेपाली कांग्रेसको क्रियाशील सदस्यताका लागि सिफारिस गरेर पठाईएको मध्ये १४ जनाको सदस्यता कायम हुन सकेन् ।
तीन सय ८४ जनाको सिफारिस गरि पठाएकोमा नया“ सदस्यमा १४ जनाको कायम हुन नसकेको महासमिति सदस्य पेमासिद्धि लामाले बताए ।
पार्टीको गत पुस २७ गते बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्न गरेको निर्णयस“गै पार्टीमा १३ औं महाधिवेशनका लागि निजगढबाट एक सय ५६ जना थप नया“ क्रियाशील सदस्यको लागि सिफारिस भएको थियो ।
थप गरिएको संख्या कायम भएको भए कुल  संख्या तीन सय ८४ पुग्थ्यो । साविक निजगढ गाविसबाट एक सय ७२ जना क्रियाशील सदस्य रहेकोमा एक सय २२ जना नया“ सिफारिस भएकोमा ११ जनाको कायम हुन सकेन् ।
त्यसैगरि साविक रतनपुरी गाविसमा ४० जना क्रियाशील  सदस्य रहेकोमा २५ जना नया“ सिफारिस भएकोमा दुई जनाको कायम हुन नसकेको हो ।
त्यसैगरि साविक भरतगञ्जसिंगौल गाविसमा १६ जना क्रियाशील जना सदस्य रहेकोमा ९ जना नया“ सिफारिस भएकोमा एक जनाको कायम नभएको महासमिति सदस्य लामाले बताए ।
‘केहिको नाम÷थरमा त्रुटि देखिएको छ,’ महासमिति सदस्य लामाले भने–यसलाई सच्याउने र नया“ सिफारिस गरेर पठाएकाहरुको के कारणले छुटेको हो त्यसबारे बुझ्न मंगलबार जादै“छौं ।’
निजगढ नगर सभापति सुरेश खनालले सदस्यता विवाद नभएकाले सिफारिस गरि पठाएको सबैको सदस्यता कायम हुनु पर्ने   बताए ।
१३ औं महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य संख्या चार लाख ७० हजार ६५५ कायम भएको छ ।
कांग्रेसको १२ औ“ महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए । त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३ औ“ महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नया“ क्रियाशील सदस्यता स्वीकृत भएको पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसको गाउ“, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हु“दैछ भने कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौ“मा हुनेछ ।
निजगढ नगर सभापति नया“ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजार भन्दा बढी सदस्य आसन्न १३ औ“ महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित हुने भएका छन् ।
कांग्रेसमा सभापति सुशील कोइराला (संस्थापन) र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नया“ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट वञ्चित हुन लागेका     हुन् ।
रौतहटका एक हजार सहित नया“ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट वञ्चित भएका छन् ।  कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए ।
रौतहट का“ग्रेसका सभापति कृष्णप्रसाद यादव जिल्लामा संगठन बलियो बनाउन आफूले नया“ सदस्यता वितरण गरेको भए पनि नेतृत्वको स्थगन गर्ने निर्णयले जिल्लाका का“ग्रेसजनप्रति घात भएको बताए ।

Post a Comment

 
Top