0
निजगढसमाचार, निजगढ
नेपाली कांग्रेका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले काठमाण्डौं–निजगढ दु्रत मार्ग (फाष्ट ट्याक) र निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल एक अर्काको परिपुरक रहेको बताएका छन् ।
‘निजगढ विमानस्थलको मात्र कुरा ग¥यो भने त्यो बन्दैन् । फाष्ट ट्याक नभईकन त्यो बन्दैन् ।’, डा. महतले भने– विमानस्थल बनेपछि टाउन सेन्टर, ठुला ठुला फाईफस्टर होटल, सपि· कम्प्लेक्सहरु बनाउने टाउनको ब्यवस्था हुनुपर्छ ।’ त्यसको लागि खर्वौ खरब बजेट आवश्यक पर्छ ।–महतले भने । त्यसका लागि लगानीकर्ता भित्राउनु पर्छ ।
नेपाली कांग्रेस निजगढ नगर कमिटिले आयोजना गरेको कार्यक्रममा डा. महतले कांग्रेस सरकारमा नभए पनि यी आयोजना आफुहरुको प्राथमिकतामा रहेकोले आवाज उठाउने बताए ।
डा. महतले दबाब सृजना गरेर कांग्रेसले परिणाम निकाल्ने बताए । कांग्रेसले जति काम नेपालमा अरु कसैले नगरेको डा. महतले दाबी गरे । देश अहिले कांग्रेसको दर्शनमा चलेको समेत बताए ।
नगर सभापति सुरेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी नगर सचिव महेशी कुवरले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादबका पुत्र एवं सांसद डा. चन्द्र मोहन यादव, टेड यूनियन महासघंका उपाध्यक्ष रिता खनाल, जिल्ला सचिव रामप्रसाद चौधरी, बारा क्षेत्र नं. ६ का कांग्रेसका प्रत्यासी  शम्भु बहादुर बुढाथोकी, महासमिति सदस्य पेमा सिद्धिलामा, क्षेत्र नं. ६ का क्षेत्रिय सभापति मुकेश कुश्वाह, क्षेत्र नं. ५ का सभापति तुलसी चौधरी लगायतले सम्बोधन गरेको कार्यक्रममा कांग्रेस नेता रामानन्द प्रसाद चौधरी, मिना लामा, हरी थपलिया लगायत सहभागि रहेको कार्यक्रमको संचालन भाईकाजी श्रेष्ठले गरेका थिए । सन् २०१६ को उत्कृष्ट अर्थमन्त्री बन्न सफल भएको भन्दै नगर कमिटिले डा. महतलाई सम्मान गरेको थियो ।



Post a Comment

 
Top