0
निजगढसमाचार, निजगढ
शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले मधेसको शिक्षा क्षेत्रमा भ्रष्ट्रचार भईरहेको सत्यतालाई सबैले स्वीकार गर्नुपर्ने बताउनु भएको छ । मधेसमा आएको बजेट कसरी सदुपयोग गर्ने भन्ने विषय निकै चुनौतिपूर्ण रहेको समेत बताए ।
प्रदेश नम्बर २ अन्र्तगत पर्सादेखि सप्तरी सम्मका ८ जिल्लाका जिल्ला शिक्षा अधिकारी र सांसदहरुसंग बाराको निजगढ–८ स्थित गौरी शंकर उमाविमा आयोजित अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नया संविधान अनुसार स्वाधीन र सम्वृद्ध राष्ट्र बनाउने भएको बताउँदै त्यसको सशक्त माध्यम शिक्षा भएको बताए ।  शिक्षामा पाँच समस्या रहेको बताउ“दै मन्त्री पोख्रेलले बुदागत रुपमै उल्लेख गरेका छन् । एक, पहु“चमा समस्या छ । दुई, गुणमा समस्या छ । तीन, अनुसन्धानमुलक छैन । चार, अन्तराष्ट्रिय समकक्षीको छैन र पाँचौं, यसले विकसित प्रविधिलाई आत्मसाथ गरेको छैन । यो पा“चवटा कुरालाई सम्बोधन गरेर नया शिक्षा नीति बनाउने आफ्नो उद्देश्य रहेको बताए ।
होटलमा नराखेर आफुले भुकम्पबाट क्षति भएको विद्यालयमा कार्यक्रम राखेको बताएका मन्त्री पोख्रेलले गौरीशंकर उमाविको  निरीक्षण गरेपछि त्यसलाई भत्काउनु पर्ने अवस्था रहेको प्राविधिकहरुले समेत बताएकाले अब नया भवन बनाउन आफुले पहल गर्ने बताएका थिए ।
मधेस तराईको सुधारको घोषणा कार्यक्रमको लागि विशेष कार्यक्रम लागु गर्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भईरहेको मन्त्री पोख्रेलले बताए ।
चैत्र सम्म साक्षर घोषणा कार्यक्रम सफल पार्न शिक्षा अधिकारीलाई निर्देशन दिएका थिए ।
मन्त्री पोख्रेलले भने–गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीको जुन राजनीतिक प्रणाली छ, यो सग मेल खाने नया“ शिक्षा नीति बनाउने मिसनमा छु । यो बहसको बीचबाट एकरुप समझदारी भयो भने एउटा प्रणाली बसाल्न सकिन्छ । यसमा हामीले जरादेखि नै नया बहस    गर्नुपर्छ ।
कार्यक्रममा सांसद रामअयोध्य यादब, शम्भुला श्रेष्ठ,  डा. गणेश मण्डल, पुष्पलता लामा, निशा साहले आफ्नो धारणा राखेका थिए । शिक्षा मन्त्रालयले गरेको कार्यक्रममा बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले स्वागत मन्तब्य, क्षेत्रिय निर्देशक कृष्ण प्रसाद काफ्ले कार्यक्रमबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा गौरी शंकर उमाविबाट २०७१ सालको एसएलसी परीक्षामा नेपाली माध्यमतर्फ विशिष्ट श्रेणी ल्याएका विजय लामा, चन्द्रमणी सञ्जेल, विष्णुलाल घलान, विष्णु न्यौपाने, रोशन अलीलाई शिक्षा मन्त्री पोख्रेलले सम्मान गरेका छन् । उनीहरुलाई जनही १० हजारका दरले छात्रावृत्ति रकम पाएका छन् । विद्यालयका प्राचार्य सुदर्शन कोईरालाले कार्यक्रमको संचालन गरेका थिए ।
यस अघि विद्यालयले करिब दुई लाख छात्राबृत्ति वितरण गरेको छ । विद्यालयका छात्रा, दलित विद्यार्थीलाई जनही चार सयका दरले छात्राबृत्ति रकम वितरण गरेको हो । दुई दिन लगाएर वितरण गरिएको छात्राबृत्ति रकम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपाल, समिति सदस्य मोजहर मंसुर लगायत बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, अधिकृतद्धय अशोक रौनीयार र नवराज भण्डारी लगायतले वितरण गरेका थिए ।
यसैविच विद्यालयको ४२ औं जन्मजयन्ती तथा ४१ औं अभिभावक दिवसको साता ब्यापी कार्यक्रम सुरु भएको छ । आईतबार विद्यालयमा शिक्षकहरुको विचमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना गरेर साताब्यापी कार्यक्रम सुरु गरेका हो । कार्यक्रममको विद्यालय ब्यवस्थापन समितिका सदस्य केदार प्रसाद गौतमले गरेका थिए ।

Post a Comment

 
Top