0
निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका कार्यालयका  कार्यकारी अधिकृत विमल कुमार पोखरेलले निजगढको सार्वजनिक जग्गा जोगाउन अदालतमा मुद्दा दायर गरेदेखि काठमाण्डौं जान डर लाग्ने गरेको बताएका छन् ।
बकैया खोला नजिक रहेको सार्वजनिक जग्गा संरक्षणको लागि नगरपालिका कार्यालयले चासो नदिएको विषयमा ध्यानाकर्षण पत्र बोकर गएका निजगढ सार्वजनिक सरोकार समितिको टोलीलाई कार्यकारी अधिकृत पोखरेलले यस्तो बताएका हुन् ।
‘सर्वजनिक प्रति गौचरण दुई विगाहा सात कठ्ठा १७ धुर जग्गा करोडौंको चलखेलमा आफ्नो नाममा गराउन सक्रिय रहेको समुहबाट मलाई ‘रिक्स’ छ ।’, कार्यकारी अधिकृत पोखरेलले भने–मैले ज्यान बाजी राखेर प्रतिकार गरिरहेको छु ।
सार्वजनिक सरोकार समितिका संयोजक एक बहादुर नेतृत्वको टोलीले कार्यकारी अधिकृत पोखरेललाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले निजगढ नपा–९ को कित्ता नं. १३० लाई विभिन्न मितिमा भुमाफियाले आफ्नो बनाउन चलखेल गरेको र त्यस बारेमा पुनारावेदन अदालत हेटौंडाबाट फैसला भई निजगढ नगरपालिका कार्यालयलाई अपील गर्ने समयवधि तोकिएकोमा निजगढ नगरपालिकाबाट सर्वोच्च अदालतमा अपीले भईसकेको र कार्यालय प्रमुखको तर्फबाट सो जग्गा सम्बन्धमा अपील गर्न विभिन्न बाहानामा ढिलासुस्ती गरि मुद्दालाई कमजोर बनाउन लागेको बुझिन आएकोले समितिको ध्यानाकर्षण भएको उल्लेख छ ।
पत्र बुझेर कार्यकारी अधिकृत पोखरेलले आफुलाई आशंका नगर्न आग्रह गरेका थिए ।
समितिका सचिव रविराज दंगालले नगरपालिकाको भुमिका शंकाष्पद देखिएको भन्दै गतिविधि पारदर्शी गरेर सहकार्य गर्न आग्रह गरेका थिए ।

Post a Comment

 
Top