0
निजगढसमाचार, निजगढ
नेपाल रेडक्रस सोसाईटी उपशाखा निजगढ बाराको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उपशाखाका सभापति कृष्ण खरेलको सभापतित्वमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ निजगढ शाखका अध्यक्ष शम्भु बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, लायन्स क्लब अफ निजगढ पीसका प्रेसिडेन्ट पद्म तिमल्सिना, निजगढ जेसिसका उपाध्यक्ष रुद्र धिताल लगायतले मन्तब्य राखेको कार्यक्रममा विशिष्ट सदस्य महमुद् आलम, गौरी शंकर उमाविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपाल, गौरी शंकर क्याम्पसका प्रमुख राप्रसाद गौतम लगायत सहभागि थिए ।
कार्यक्रममा कोषाध्यक्ष नारायण प्रसाद उप्रेतीले लेखा प्रतिवेदन, सचिव बद्री प्रसाद चिमरियाले प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top