0

निजगढसमाचार, निजगढ, २३ पौष ।

श्री बकैया ठाकुर सामुदायि वन उपभोक्ता समुह निजगढ–९ को दास्रो साधारण सभा आज सम्पन्न भएको छ । सेक्टर वन कार्यालय तामागढीका अधिकृत उपेन्द्र महतको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा गौरी शंकर क्याम्पसका प्रमुख राम प्रसाद गौतम, नगर बिकास समितिका अध्यक्ष सुरेश खनाल, समाजसेवीहरु किशोर नेपाल, भरत बिडारी लगायतको उपस्थिति रहेको थियो । 
सभामा श्री बकैया ठाकुर सामुदायि वन उपभोक्ता समुहले गौरी शंकर क्याम्पसको भवन निर्माणको लागि प्रदान गर्ने भनिएको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक क्याम्पसका प्रमुख राम प्रसाद गौतम लाई हस्तान्तरण गरिएको छ । 
यस्तै भुमिगत जल सिचाई उपभोक्ता समिति लाई ५० हजार, आर्यघाट निर्माण उपभोक्ता समिति निजगढलाई ३० हजारको चेक हस्तान्तरण गरिएको छ । सभामा आर्थिक बर्ष ७२÷७३ को आयब्यय बिवरण समितिका सचिब सन्तोषी कार्किले प्रस्तुत गर्नुभएको थियो । 
समितिका अध्यक्ष प्रदिप उप्रेतिको अध्यक्षतामा सम्पन्न सभामा स्वागत मन्तब्य सिता थापाको रहेको थियो भने संचालन भाईकाजी श्रेष्ठले गर्नुभएको थियो । 
भेलाले नया कार्य समिति भने गठन गर्न सकेन् । भेलाले आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन सार्वसम्मत रुपमा पारित गरे पनि समिति गठन गर्न सहमति जुट्न सकेन्  । समिति गठन गर्न सहमाति नजुटेपछि एक साताका लागि साधारण सभा स्थगित गरिएको छ ।

Post a Comment

 
Top