0
निजगढसमाचार, निजगढ
बाराको सिमरामा सिमरामा अंग्रेजी नयाँ वर्ष तथा‘टोपी दिवस’ को अवसरमा आईतबार सञ्चारकर्मी विच मैत्रिपुर्ण फुटबल प्रतियोगीता संचालन भएको छ ।
सिमरामा रहेको रेडियो नागरिकले आयोजना गरेको कार्यक्रममा चौतारी बारा बिजयी भएको हो । प्रेस चौतारी बारा र प्रेस युनियन बारा बिचको निर्धारित प्रतियोगीमा प्रेस युनियन बाराले सहभागि नभएपछि चौतारी बारा स्वतः बिजयी भएको हो । 
बाराको राधाकृष्ण सामुदायीक बनको खेल मैदानमा आयोजित औपचारिक  कार्यक्रममा अंग्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा दुबै टोली सहभागी भएपनि खेलमा भने युनियन सहभागी भएन् । 
सुरुमै तयारीका साथ मैदान प्रवेश गरेको चौतारीको टोलीले रेफ्रिको निर्देशनमा ५ मिनेट सम्म युनियनका टोलीलाई खेलका लागी प्रतिक्षा गरेको थियो । अन्तिम समयमा आएर युनियन खेलका लागी तयार नभएको र मैदान प्रवेश नगरेपछि चौतारी बाराले ट्रफी उचाल्न सफल भएको छ । 
कार्यक्रमका प्रमुख अतिथिका इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक गोबिन्द बहादुर कार्कीले दुबै टोलीका खेलाडीहरुलाई शुभकामना दिएका थिए ।
अनुशासन र स्वास्थ्यको पर्यायका रुपमा रहेको खेल क्षेत्रलाई राजनीतिकरण गर्न नहुने प्रहरी निरीक्षक कार्कीको भनाई छ ।
कार्यक्रमका बिशिष्ट अतिथि स्थानिय युवा नेता श्याम बाबु गुप्ताले संचारकर्मीहरु बिचको सम्बन्ध खेलले सुधार हुने आशा ब्यक्त गर्दै नयाँ बर्षको शुभकामना दिएका     थिए ।
कार्यक्रममा पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले बाराका सबै संचारकर्मीहरुलाई आफ्नो बिशेष आदर रहेकोले सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रमका सभापती तथा रेडियो नागरिकका कार्यकारी निर्देशक बसन्त शर्माले संचारकर्मीहरु बिचमा आपसी सम्बन्ध र सहकार्यलाई नयाँ बर्षले थप प्रगाढता थप्ने बिश्वासका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा सबै अतिथिहरुलाई नेपाली ढाका टोपी समेत बितरण गरीएको छ । आम नेपालीहरुमा नेपालीत्व र सस्कृतीको संवर्धनका लागी सबै लाग्नुपर्ने सन्देश दिन संचारकर्मीहरुलाई नेपाली टोपी बितरण गरिएको समेत शर्माले जानकारी दिनुभयो । 
शुभकामना कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश लम्साल, चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, पे्रस युनियन बाराका अध्यक्ष गणेश रिजाल, पुर्व पत्रकार महासंघ बाराका अध्यक्ष लक्ष्मि साह लगाएत बाराका ५० भन्दा बढि संचारकर्मीहरुको सहभागीता रहेको थियो ।  

Post a Comment

 
Top