0

निजगढसमाचार, निजगढ, २२ पुस ।

नेकपा माओवादी केन्द्र निजगढ वडा नम्बर ८ को प्रथम एकता अधिवेशन सम्पन्न भएको छ । स्थानीय टाँसी छोईफिलिङ्ग गुम्बामा भएको माओवादी नेता–कार्यकर्ताको एकता भेलाले पेमा लामाको अध्यक्षतामा सर्वसम्मत ३१ सदस्यि वडा कमिटि गठन भएको हो ।
नव गठित कमिटिको उपाध्यक्षमा कान्छा बहादुर जिम्बा, सचिवमा शालिकराम ढुंगाना, कोषाध्यक्षमा विष्णुमाया लामा, सहसचिवमा लक्की लामा सर्वसम्मत निर्वाचित भएको निर्वाचन प्रमुख कुमार मोक्तानले बताए । त्यस्तै कमिटिको सदस्यमा केयरमान लामा, नारायण घिमिरे, श्याम सुवेदी, प्रेम लामा, कृष्ण गौतम छन् । त्यसैगरि माधव प्रधान, चन्द्र लामा थिङ्ग, टिका लामा, दुर्गा बहादुर मोक्तान, कल्पना नेपाली, सविता तितुङ्ग, चन्द्रबहादुर थिङ्ग, सुर्यबहादुर जिम्बा, गिता नेपाली, गणेश मिक्चन, सुकुमाया, बिरबहादुर डिमडुङ्ग, अनुप लामा, सिसद्धबहादुर सापकोटा, चन्द्रबहादुर नेपाली, अर्जुन प्रसाद गौतम, मानबहादुर न्यौपाने सदस्य छन् ।
त्यस्तै भेलाले सल्लाहकार समितिको संयोजकमा जिरीमाया बल, सदस्यमा बिरबहादुर खड्का, चुनुलाल श्रेष्ठ चयन भएका छन् । 
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन
भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) निजगढ–८ नं. वडा कमिटी गठन गरेको छ । विष्णुमाया लामाको संयोजकत्वमा लक्की लामा, सावित्री दंगाल, जानुका लामा, विमला लुङ्गबा, दुर्गा घिमिरे, मन्जु लामा, कमला रेग्मी सदस्य रहने गरि कमिटी गठन भएको हो । त्यस्तै भेलाले वाईसीएल वडा नंं ८ कमिटि समेत गठन गरेको छ । हिराबहादुर सुवेदी ‘श्याम’ संयोजक रहने गरि अनुप लामा, बुद्ध थिङ्ग, अनिल पाठक, हरि तामाङ्ग, चन्द्र लामा लगायत सदस्य छन् ।
त्यस्तै भेलाले तामाङ्ग मुक्ति मोर्चा निजगढ–८ नं. वडा कमिटी गठन गरेको छ । टिका लामाको संयोजकत्वमा बुद्ध लामा, ललि लामा, जानुका लामा, दिलबहादुर लुङ्गबा सदस्य रहने गरि कमिटी गठन भएको हो । 
यस अघि भेलाको राखेपका पूर्व सदस्य सचिव युवराज लामाले उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई पूर्व सदस्य सचिव लामाले निजगढमा २०४६ साल देखि हालसम्म भएका बजेट कहाँ–कति खर्च भएको छ, त्यसको हिसाब खोज्नुपर्ने बताएका थिए । भेलालाई नेकपा माओवादी केन्दका केन्द्रिय सदस्य अरुणा विक, रविराज दंगाल, नेकपा माओवादी केन्द निजगढ नगर स्तरिय तदर्थ समितिका संयोजक बेनीबहादुर मोक्तानले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वागत पेमा लामा र संचालन महेश्वर अधिकारीले गरेका थिए । 

Post a Comment

 
Top