0
रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने’ हल्ला मात्रै , निजगढ कवि भूपी शेरचनले भनेका थिए,‘नेपाल हल्लै हल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । अहिले चलेको हल्ला हो–‘रातो नम्बरबाट आएको फोन उठाउँदा मरिन्छ रे १’ सायद तपाईंले पनि सुन्नु भएको होला,‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे म¥यो रे १’ अहिले यो हल्ला निजगढमा पनि फैलिरहेको छ । निजगढमा सिगौंलमा मान्छे म¥यो भन्ने हल्ला चल्यो, भने सिगौंलमा भने हेटौंडामा मा¥यो भन्ने हल्ला फैलिरहेको छ । हल्ला चलेपपिछ मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन भनिरहेका छन् । हल्लामा मान्छे मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले सिगौंल, कसैले हेटौंडा भनेका छन् । यस विषयमा ईलाका प्रहरी कार्यालय भने बेखबर छ । प्रहरी निरीक्षक शुभाष कुमार गैरै सरुवा भएको र नयाँ प्रमुख दिपक राय नआईपुगेकाले अहिले प्रहरी नायक निरीक्षक नन्दकिशोर सिंहले कार्यभार सम्हालि रहेका छन् । सोमबारसाँझ उनीसंग सम्पर्क गर्दा आफुले यस्तो हल्ला नसुनेको बताए ।‘मैले त तपाईको मुखबाट सुन्दैछु, प्रहरी नायक निरीक्षक सिंहले भने–यस्तो पनि हल्ला छ रु मकवानपुर प्रहरीलाई जानकारी छैन मकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् ।‘मैले त हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन् । आजभोलि ठेस लागेर लड्दा मान्छे मरेको जानकारीसमेत प्रहरीकोमा आउँछ । सानासाना घटनाबारे पनि प्रहरीलाई जानकारी गराउने प्रचलन छ । प्राकृतिक ढंगको स्वभाविक मृत्युबाहेक अन्य जुनसुकै कारणले मानिस मरे पनि पोस्टमार्टम बिना शवको दाहसंस्कार समेत हुँदैन । पोस्टमार्टम अघि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउनुपर्छ । अब तपाईं आफैँ भन्नुस्, सम्बन्धित जिल्लास्थित प्रहरीलाई समेत जानकारी नभएको कुरा वास्तविक कसरी हुन सक्ला त रु आफ्नो परिवारका सदस्यको फोन उठाउँदा मृत्यु भयो भने चुपचाप दाहसंस्कार कसैले गर्ला रु पक्कै पनि गर्दैन । बरु हामीकहाँ त लास सडकमा राखेर पैसाका लागि बार्गेनिङचाहिँ हुनसक्छ । हल्ला अनुसार फोन आएका भनिएका मोबाइलहरु एनसेल छन् । एनसेलले भने हल्ला निराधार भएको प्रतिकृया दिईसकेको छ । सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् । त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको छ । ‘रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला छ के हो यो रु’ केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ,‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध छ ।’ माथिका जानकारीहरुबाट पनि निष्कर्ष निकाल्न सकिन्छ, यो हल्ला मात्र हो । हल्लाको पछि नलागौँ ।

Post a Comment

 
Top