0
निजगढसमाचार, निजगढ, १८ पुष ।


निजगढ नगरपालिकाको चौथो नगर परिषद्  भोली पुस १९ गते मंगलबार     हुदैँछ । परिषद्को स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेबुले उद्घाटन गर्ने तयारी छ ।
नगर परिषद् बैठकमा नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले आर्थिक वर्ष २०७४/०७५ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
परिषद्का लागि वडाका वडा नागरिक मञ्चमा प्रतिनिधीहरु, नागरिक समाजका प्रतिनिधीहरु, आमा समुहहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधीहरु, टोल सुधार संस्थाको प्रतिनिधीहरु, बाल क्लब, राजनैतिक दलका प्रतिनिधीहरु, पत्रकार मित्रहरु, वन उपभोक्ता समुह, आदिवासी जनजाती, जेष्ठ नागरिक, महिला समुह, अपाङ्ग, दलित तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुलाई निमन्त्रणा गरिएको नगरपालिका सुचना अधिकारी नबिन खनालले जानकारी दिए ।
अघिल्लो वर्षको तुलनामा नगरपालिकाको आन्तरिक आयमा बृद्धि भएको छ । आन्तरिक आयमा बृद्धि भएसंगै विकास निर्माण पनि बढ्ने भएको छ ।
   नगरपालिकाले सहभागितामुलक पद्धतिद्धारा योजना छनौट विधि मार्फत आफ्नो १३ वटै वडामा छलफल गरि विभिन्न १४ वटा प्रकृया पुरा गरेर योजना छनौंट गरेको कार्यकारी अधिकृत पोखरेलले बताए ।
सडक पूर्वाधारमा क्षेत्रमा बढी बजेट खर्च हुने अनुमान गरिएको छ । अधिकांश वडाबाट सडक ढलान शिर्षकमा योजना प्रस्ताव गरिएको छ ।

Post a Comment

 
Top