0

निजगढसमाचार, निजगढ, २३ पौष ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ नेतृत्वको फास्ट ट्रयाक निर्माण मोडालिटी सिफारि गर्न गठित कार्यदलले आज निजगढ–काठमाण्डौं दु्रत मार्गको अवलोकन गरेको छ । कार्यदलले फास्ट ट्रयाक प्रवेशद्धार र मोहरी स्थित ट्रयाकको अवलोकन गरेको हो । टोलीमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, भौतिक योजना मन्त्रालयका सचिव धन बहादुर तामाङ्ग, सडक विभागका महानिर्देशक देवेन्द्र कार्की, फास्टट्रयाक आयोजनाका निर्देशक सत्यन्द्र शाक्य, राष्ट्रिय योजना आयोगका सदस्य हिरेन्द्र प्रधान, सतेन्द्र शाहि सहभागि थिए । 
प्रचण्ड नेतृत्वको सरकारले शुशिल कोईराला नेतृत्वको सरकारले भारतीय कम्पनीसंग गरेको सम्झौता रद्ध गर्दै आफैले बनाउने निर्णय गरेसंगै कुन मोडलबाट बनाउने भन्ने विषयमा एक महिना भित्र प्रतिवेदन बुझाउने गरि  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएको हो ।
सरकारी टोलीलाई फास्ट ट्रयाक–एयरपोर्ट निर्माण संघर्ष समितीका अध्यक्ष रबिराज दंगाल र बारा उद्योग वाणिज्य संघ शाखा निजगढका अध्यक्ष टेकबहादुर लामाले सहजिकरण गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यदल संयोजक डा. श्रेष्ठले तत्काल निजगढ देखि मोहोरी सम्मको ८ किलोमीटर ट्रयाक मर्मत गरेर प्रयोगमा ल्याउन मिल्ने अवस्थामा पु¥याउने र तीन वर्ष भित्र आयोजना सम्पन्न गर्ने गरि मोडालिटी तयार गरेर माघ ७ गते सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिनुभयो । कार्यदलले डिपिआर पुरानै ठिक छ कि नयाँ बनाउने भन्ने कुराको निर्णय दिने, बित्तीय श्रोत कसरी जुटाउने भन्ने बारेमा सरकारलाई सुझाब दिने, बिदेशी वा नेपाली कुन ठेकेदार कम्पनिलाई टेन्डर दिँदा उपयुक्त हुन्छ भन्ने बारे प्रतिवेदन बुझाउने छ । 
अबलोकनको क्रममा शहीद चोक देखि मोहोरी सम्मको मार्गलाई फास्ट ट्रयाकको लिंक रोडको रुपमा निर्माण गर्न सकिने पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Post a Comment

 
Top