0
निजगढसमाचार, निजगढ, २२ पुस ।

नेकपा माओवादी केन्द्र निजगढको सिगौंलका दुई वटा वडाको प्रथम एकता अधिवेशन सम्पन्न भएको छ । स्थानीय निजगढ–१ र ३ नम्बर वडाको प्रथम एकता अधिवेशन सम्पन्न भएको छ । स्थानीय नेपाल राष्ट्रिय माविमा भएको माओवादी नेता–कार्यकर्ताको एकता भेलाले १ नम्बर वडा पदम बहादुर वाईवाको अध्यक्षतामा सर्वसम्मत ३१ सदस्यि वडा कमिटि गठन भएको हो ।
नव गठित कमिटिको उपाध्यक्षमा शिव कुमर, सचिवमा राधाकृष्ण सापकोटा, कोषाध्यक्षमा मिठु बिक सर्वसम्मत निर्वाचित भएको छन् । त्यस्तै कमिटिको सदस्यमा दिपा कुमर, खड्ग बहादुर बिक, सुधा भण्डारी, उत्तर बहादुर अधिकारी, उषा खड्का, पदम कुमारी लोप्चन, दिल बहादुर भण्डारी, जगत बहादुर थिङ्ग, टंक बहादुर भण्डारी, भगवती सापकोटा छन् । त्यस्तै ठुलीमाया हर्क बहादुर घिसिङ्ग, भेद प्रसाद तिमल्सिना, हरि प्रसाद तिमल्सिना, बिष्णुमाया बजु, सोनाम लामा, लालबहादुर लोप्चन, हरिशरण खड्का, कुलबहादुर कटुवाल, बाबुलाल वाईवा, जितबहादुर बल, नरमाया घिसिङ्ग, ईन्द्रकुमारी बल र बसन्ति योञ्जन, सावित्री बिक, राजेन्द्र बिक लगायत सदस्य छन् ।
त्यस्तै भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) १ नम्बर वडा कमटीको सयोंजक भगवती सापकोटालाई तोकेको छ । त्यस्तै वाईसियल १ नम्बर वडा कमटीको संयोजकमा कुलबहादुर कटुवाललाई तोकेको छ । त्यस्तै भेलाले ३ नम्बर वडा छिरिङ्ग बलको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यि वडा कमिटि गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा बसन्त लामा, सचिवमा बिशु दर्माली, कोषध्यक्षमा विभा पिठाकोटी, सहसचिवमा गोविन्द तिमल्सिना छन् । त्यस्तै कमिटीको सदस्यमा भिमबहादुर लोप्चन, चन्द्रबहादुर थोकर, जनक बहादुर रुम्बा, चित्र लोप्चन, ज्ञान बहादुर थोकर, नबराज तिमल्सिना, बुद्धराज थिङ्ग, युना लामा, पदम बहादुर बल, गोपाल थोकर, कुमार योञ्जन, क्षेत्रबहादुर बल लगायत छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन
भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ३ नम्बर वडा वडा कमिटी गठन गरेको छ । विभा कुमारी पिठाकोटीको संयोजकत्वमा देबकी दलार्मी लगायत सदस्य रहने गरि कमिटी गठन भएको हो । त्यस्तै भेलाले वाईसीएल वडा नंं ३ कमिटि समेत गठन गरेको छ । भिमबहादुर लोप्चन संयोजक रहने गरि नबराज तिमल्सिना लगायत सदस्य छन् ।
यस अघि भेलाको नेकपा माओवादी केन्दका पोलिटब्यूरो सदस्य एवं पुर्व सभासद् जयराम दाहालले उद्घाटन गरेका थिए । भेलालाई राखेपका पूर्व सदस्य सचिव युवराज लामा, नेकपा माओवादी केन्दका केन्द्रिय सदस्य अर्जुन चिमरिया, रविराज दंगाल, नेकपा माओवादी केन्द निजगढ नगर स्तरिय तदर्थ समितिका संयोजक बेनीबहादुर मोक्तानले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वागत मोहनबहादुर खड्का र संचालन छिरिङ्ग बलले गरेका थिए । 

Post a Comment

 
Top