0

निजगढसमाचार, सिमरा, २० पौष ।

इलाका प्रहरी कार्यालय जितपुर अब आफ्नै भवनमा संचालनमा आएको छ । द्धन्दकालमा क्षतिग्रस्त भएको भवन पुर्ननिर्माण भए पछि आफ्नै भवनमा संचालनमा आएको हो । यस अघि भाडाको भवनमा कार्यालय संचालन हुँदै आएको थियो ।
यसैविच नवनिर्मित अत्याधुनिक ३ तल्ले भवनको बुधबार प्रहरी अतिरिक्त महानिरिक्षक विश्वराज शिंह शाहीले रिबन काटेर समुदघाटन् गरेका छन् । 
भवन उद्घाटनपछि सभालाइृ सम्बोधन गर्दै शाहीले अस्थिर राजनितीका कारण प्रहरीलाई निर्णयमा समस्या परेको बताएका छन् । प्रहरीलाई आम जनताको सहकार्य अपरिहार्य रहेको भन्दै शाहीले समाजमा हुने बिभिन्न कर्तब्य मुद्धाको कानुनी कारवाहीका लागी जनताले सत्थ तथ्य सुचना लुकाउदा प्रहरीले निर्दोषमाथी केरकार गर्न बाध्य भइरहेको बताए । 
उनले स्थानिय स्तरमा ब्यवस्थित  एवं आत्मनिर्भर भौतिक संरचना मार्फत जनस्तरमा समर्पित सेवा दिन प्रहरी लाग्नुपर्ने बताउदै जनताको सेवामा अहोरात्र खट्न प्रहरीलाई आग्रह समेत गरे । 
कतिपय स्थानहरुमा अझैपनि प्रहरीहरुका आफ्नै कार्यालय भवन नहुंदा समस्या खेप्नुपरेको बताउदै शाहीले सुरक्षा निकायलाई कम्तिमाा पनि गास बास र कपास जस्ता आधारभुत आवश्यकतामा सरकारले अभाव हुन दिन नहुने जिकिर गरे । 
पछिल्लो समय प्रहरीले अभियान नै संचालन गरेको ‘प्रहरी मेरो साथी’ ले समुदायमा सकारात्मक सन्देश दिएको प्रशंग जोडदै उनले आम जनतालाई आफ्ना समस्या र गुनासा प्रहरीसामु खुलेर ब्यक्त गर्न आग्रह समेत गरे । 
कार्यक्रममा बोल्दै मध्य क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पशुपति उपाध्यायले प्रहरीले भौतिक सम्पन्नतालाई प्राथमिकतामा राख्न नहुने बताए । उनले बारा जिल्ला भारतको सिमा क्षेत्र नजिकै रहेको हुनाले पनि बढि सतर्कता अपनाउनुपर्न बताउदै शान्ती सुरक्षामा चनाखो हुन प्रहरीलाई अनुरोध गरे । 
समुदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका  प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र उप्रेती, प्रहरी नायब उपरिक्षक ईन्जिनियर रामकुमार चौधरी, नेकपा एमाले बाराका अध्यक्ष सुन्दर बिश्वकर्मा, गढिमाई नगरका कांग्रेस नगर सभापनि श्याम बाबु गुप्ता, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरिक्षक गोबिन्द कुमार कार्की लगायतको उपस्थिती रहेको थियो । 
कार्यालयको आफ्नै १ कठ्ठा १७ धुर जग्गामा निर्माण गरिएको भवनको भुइतल्लामा कार्यालय प्रयोजनका लागी पांचवटा कोठाहरु र शौचालय सुबिधा सहित दुई बटा महिला तथा पुरुष हिरासत कक्षहरु समेत ब्यवस्था गरिएको छ । 
रु १ करोड १६ लाखको लागतमा सम्पन्न कार्यालमा ३ बटा छुट्टा छुट्टै भवनहरु निर्माण गरिएको छ । आरसिसि फ्रेम स्ट्रक्चर अवधारणामा निर्मित तिन तल्ले कार्यालय भवन र ब्यारेक भवन पुर्ण रुपमा अपाङ्गमैत्री समेत रहेको भवन निर्माण समितिका संयोजक स्थानिय कपिलदेव यादवले बताए ।

Post a Comment

 
Top