0

निजगढसमाचार, निजगढ, २३ पौष ।

युथ अफ निजगढको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति गठन गरेको छ । 
निजगढ–९ स्थित होलि एन्जल्स अग्रेजी उच्च माध्यमिक विद्यालयमा भएको साधारण सभाले  क्लबको उपाध्यक्षमा उत्सब श्रेष्ठ, महासचिबमा सागर तमाङ, सचिबमा कमल पराजुली, सह–सचिब मुना बुढाथोकी, कोषाध्यक्षमा गंगा माया श्रेष्ठ चयन भएका छन् । त्यस्तै क्लबको सदस्यहरुमा रबि सापकोटा, उषा लामा, लक्ष्मी पाण्डे, पे्रम बहादुर अधिकारी र प्रकाश काफले चयन हुनुभएको छ । 
कार्यक्रममा पत्रकार जितलाल श्रेष्ठ, क्लबका संरक्षक जनक श्रेष्ठ र सल्लाहकार प्रकाश श्रेष्ठले मन्तब्य ब्यक्त गरेका थिए । क्लबका निर्बतमान अध्यक्ष खड्गराज मैनालीको अध्यक्षतामा सम्पन्न सभामा सस्थाको आयब्यय बिबरण सचिब सागर तमाङले गर्नु भएको थियो ।  

Post a Comment

 
Top