0

निजगढ नगरपालिकाको बजेट २२ करोड


निजगढसमाचार, निजगढ, १९ पौष ।
स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेबुले पार्टीगत आस्था र विचार समृद्धिको अभियानमा प्रकट हुन नहुने बताउनु भएको छ । निजगढ नगरपालिकाको चौथो नगर परिषद् उद्घाटन गर्दै राज्य मन्त्री जबेगुले मुलुकको समृद्धिको लागि राजनीतिक दलहरु एक ठाँउमा उभिनुपर्ने बताउँदै आस्था र विचार चुनाबमा मात्र प्रकट गर्नुपर्ने धारणा राख्नु भयो ।
उहाँले बारामा प्रस्तावित राष्ट्रिय गौरबका आयोजना छिटोे निर्माण गर्न सुरु भएको दबाब मुलक आन्दोलन आवश्यक रहेको बताउनु भयो । नयाँ संविधानले नगरपालिकालाई अधिकार सम्पन्न बनाएकाले आफ्नो नगर आफै बनाउनु पर्ने धारणा राख्नु भयो । राज्यमन्त्री जबेगुले निजगढलाई मुलुकै नमुना शहर बनाउने प्रसस्त आधार भएकाले त्यसका लागि राजनीतिक दलहरु विच एकता हुनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नयाँ संविधानले मुलुकको समृद्धिको ढोका खोलेको भन्दै लोकतन्त्रको लागि निजगढले बलिदानी दिएको बताउनुभयो ।
त्यस्तै पूर्व सभासद् जयराम दाहालले निजगढ नगरपालिकाले बकैया खोलबाट जलविद्युत उत्पादन गर्न पहल लिनुपर्ने बताउनु भयो । कार्यक्रममा बाराका स्थानीय विकास अधिकारी भरत ढुंगाना, निवर्तमान गाविस अध्यक्ष एक बहादुर श्रेष्ठ, फास्ट ट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिका संयोजक रबिराज दंगाल, उद्योग वाणिज्य संघ निजगढ शाखाका अध्यक्ष टेकबहादुर लामा, नेकपा माओवादी केन्द्रका निजगढ संयोजक बेनीबहादुर मोक्तान, राप्रपाका खड्ग प्रसाद उप्रेती, राष्ट्रिय मधेस समाजवादी पार्टी निजगढका अध्यक्ष मोजहर मन्सुर, महिला नेतृ अरुणा बिक, मिना लामा, समाजसेवी रोशन पाख्रिन, तिलक घलान, धनबहादुर खुलाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको थिए ।
कार्यक्रममा पूर्व राज्य मन्त्री ज्वाला साह, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य क्षेत्रबहादुर श्रेष्ठ, राजन पौडेल, केन्द्रिय सदस्य धुरी साह, निवर्तमान गाविस उपाध्यक्ष अम्बिा चौलागाई, नेपाली कांग्रेसका निजगढ सभापति महेशी कुमर, नेकपा एमाले निजगढ अध्यक्ष दिलबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलको अध्यक्षतामा भइको कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी नविन खनालको संचालन, सामजिक परिचालिका लिला खनालको स्वागत रहेको थियो ।
निजगढ नगरपालिकाको बजेट २२ करोड
निजगढ नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को महत्वकाक्षी वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको चौथो नगर परिषद्मा नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले आर्थिक वर्ष २०७४/०७५ का लागि २२ करोड ७२ लाख ९२ हजार बजेट सार्वजनिक गरेका छन् । प्रस्तुत नीति तथा कार्यक्रममा चालु तर्फ ८ करोड १२ लाख ९ हजार र पुजीगत तर्फ १४ करोड ६० लाख ८२ हजार रहेको छ । बजेटमा अनुदान ४ करोड अनुमान गरिएको छ । अनुदान मध्ये समपुरक कोषमा एक करोड २० लाख छुट्याईएको कार्यकारी अधिकृत पोखरेलले बताए । बजेटमा महिला लक्षित कार्यक्रममा २८ लाख, बालबालिका लक्षित कार्यक्रममा ४२ लाख र अन्य लक्षित कार्यक्रमका लागि ४२ लाख छुट्याईएको छ । त्यसैगरि ममर्त सम्हार विशेष कोषमा एक करोड ५ लाख ५० हजार, गरिबी निवारण तथा सामुदायिक परिचालन विशेष कोषमा ५१ लख, दैविक प्रकोप उद्धार विशेष कोषमा २० लाख, र वातावरणीय ब्यवस्थापन कोषमा ९ लाख ९० हजार विनियोजन गरिएको छ । 


Post a Comment

 
Top