0

निजगढसमाचार, निजगढ

निजगढ नगरपालिकाको आर्थिक सहयोगमा संचालित सिलाई–कटाई तालिमका प्रशिक्षार्थीलाई एक कार्यक्रमका विच प्रमाण–पत्र वितरण गरिएको छ ।
कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्रको सहजिकरणमा मानव अधिकारका लागि एकल महिला समुह निजगढ नगर कमिटिको आयोजनामा संचालित तीन महिने तालिमका १५ जना महिला प्रशिक्षार्थीलाई प्रमाण–पत्र वितरण गरिएको हो ।
समुहकी अध्यक्ष जिरीमाया बलको अध्यक्षतामा भएको प्रमाण–पत्र वितरण कार्यक्रममा निजगढ नगरपालिकाकी प्रतिनिधि  लिला खनालले प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरेकी हुन् ।
तालिममा जेशुन मोक्तान प्रथम, मनकुमारी लामा द्धितीय, मुना कुमारी डसेली तृतीय भईन् । उनीहरुलाई कुशलले पुरस्कार वितरण गरेको थियो ।
   कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अरुणा विक, नेपाली कांग्रेस निजगढ नगर प्रतिनिधि दिप शाही, नेकपा एमालेका केदार गौतम, नेकपा माओवादी केन्द्र निजगढ नगर संयोजक बेनीबहादुर मोक्तान, राप्रपाकी डोल्मा लामा, नेपाल महिला संघ बाराकी अध्यक्ष सिता मैनाली, निजगढकी अध्यक्ष विष्णु नेपाल, मानव अधिकारका लागि एकल महिला समुह बाराकी पूर्व अध्यक्ष एतेन्द्र तिमल्सिना, निजगढ नगरपालिका महिला संमन्व समितिकी उपाध्यक्ष प्रमिला नेपाल, फास्ट ट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिका संयोजक रबिराज दंगाल, तालिमकी प्रशिक्षार्थी ज्ञानुमाया लामा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्रका निर्देशक सरोज कोईरालले सहजिकरण गरेको कार्यक्रममा स्वागत प्रशिक्षार्थी उर्मिला सुनारले गरेकी थिईन् ।  

Post a Comment

 
Top