0


महेश्वर अधिकारी, निजगढ, २३ असोज
बारा निजगढकी चेली अमृता नेपाल थापाले बडा दशैं कोशेली बजारमा आएको छ । बडा दशैंको अवसरमा उनको शब्द समेटिएको लोक दोहरी गित बजारमा आएको हो ।
बडा दशैं आयो बोलको गित टंक सुवेदी र सरु गौतमको स्वर, टंक बुढाथोकी र अर्जुन कार्कीको संगितमा तिर्सना म्युजिकले बजारमा ल्याएको हो । सुरेश श्रेष्ठको छायाँङकन, नबिन घर्ती मगरको सम्पादन रहेको गितको म्यूजिक भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा शंकर बिसी, निता ढुंगाना सहितको अभिनय छ ।
बहुचर्चित स्लोली. स्लोली....बोलको गित लेखेकी अमृताको यो दोस्रो गित हो ।  रेखा थापाको काली चलचित्रमा समाबेश बट स्लोली निकै चर्चित बनेको थियो । अमृता हेटौंडा एफ एमकी प्रस्तोता हुन् । उनी चलचित्र पत्रकार संघमा समेत आवद्ध छिन् ।





Post a Comment

 
Top