0
निजगढ समाचार, निजगढ, १९ असोज
भारतीय हस्तक्षेप र नाकबन्दी विरुद्ध आज बाराको निजगढमा ‘हामी युवा’ समुहले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत निजगढमा प्लेकार्ड सहित राष्ट्रिय झण्डा प्रदर्शन गरेका हुन् ।
शहीद चोकबाट सुरु भएको स्थानीय युवाहरुले ¥यालीले राजमार्गमा भारतीय हस्तक्षेप विरुद्ध नारा लगाएका थिए । नेताहरु नझुक, हामी लड्न तयार छौं देशको लागि परेमा भोकै मर्न तयार छौं भन्दै नारा लगायका थिए । ¥यालीपछि शहिद चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्रका निर्देशक सरोज कोईरालाले आत्मनिर्भर भई छिमेकीको नाका बन्दि विरुद्ध आवाज उठाउनु पर्ने बताउनुभयो ।
त्यस्तै हामी युवा निजगढका रबीराज दंगालले भारतीय हस्तक्षेपका कारण मुलुक संकटमा परेको भन्दै युवाहरु एक जुट भई राष्ट्रियता जोगाउन आवश्यक परे लड्न तयार हुनुपर्ने धारणा राखेका थिए ।
स्थानीय युवा, पत्रकार, विधार्थी, व्यापारी, किसान, शिक्षक, मजदुर, महिला, वुद्दिजिवी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन पत्रकार महेश्वर अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top