0
निजगढ समाचार, निजगढ, १९ असोज
भारतीय हस्तक्षेप र नाकबन्दी विरुद्ध भोली बाराको निजगढमा ‘हामी युवा’ को आयोजनामा राष्ट्रिय झण्डा प्रदर्शन हुने भएको छ । निजगढको निजगढ शहीद चोकमा भोली दिउसो २ बजे हुने क्रममा सहभागि हुन ‘हामी युवा’ अभियानका रबिराज दंगालले आह्वान गरेका छन् ।
     मुलुक अहिले इतिहासकै अत्यन्त कठिन मोडमा रहेको अवस्थामा युवावर्गले बाहिरी हस्तक्षेप र दबाबको प्रतिरोध गर्नुको विकल्प नभएको भन्दै देशभर भारतिय नाङ्गो हस्तक्षेप र नाकाबन्दिको विरोध भईरहेको बताउँदै निजगढबासी निरीह भएर बसिरहनु हुदैँन भन्दै दंगालले फेसबुक मार्फत आह्वान गरेका हुन् ।
    कार्यक्रममा सहभागि हुन निजगढका सबै युवा, पत्रकार, विधार्थी, व्यापारी, किसान, शिक्षक, मजदुर, महिला, वुद्दिजिवी लगाएत सम्पुर्ण सामाजिक संघसस्थाहरुलालाई   उपस्थित हुन उनले सामाजिक संजाल फेसबुकबाट अनुरोध गरेका छन् ।

Post a Comment

 
Top