0
महेश्वर अधिकारी, बारा, १९ असोज
बाराका महिलाहरु वन जंगलका वनमारा र झाडी बुट्यानबाट कोईला बनाउन सफल भएका छन् । बाराको जितपुरमा आदित्य होटल एण्ड सेकुवा कर्नरमा यस्तो कोईला प्रयोग गारिएको छ । कोईलाको प्रयोग सफल भएको छ । परम्परागत रुपमा काठका कोईलाबाट सेकुवा तयार पार्दै आएका जितपुरका उम्जालाल साहले बनमाराबाट बनाईएको कोईला सेकुवा बनाउन प्रयोग गरेका हुन् ।
यो कोईलाबाट सेकुवा बनाउदा धुँवा नआउने र थोरै कोईलाबाट धेरै सेकुवा बनेको साहले बताए ।
कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्रले आयोजना गरेको कोईलाको प्रयोगबारे आयोजित कार्यक्रममा जैविक उर्जा परियोजनाको सहयोगमा तालिम लिएका महिलाहरुले उत्पादन गरेको कोईला प्रयोग गरेर सेकुवा बनाईएको थियो । कार्यक्रममा सहभागिले बनमाराबाट बनाईएको कोईलामा पोलर बनाएको सेकुवा स्वादिलो भएको प्रतिकृया दिएका छन् ।
     होटल ब्यवसाय संघ जितपुरका अध्यक्ष एवं होटल मुनालका संचालक मुन्ना साहले गुणस्तरीय कोईलाको अभाव भईरहेको बेला बनमाराबाट बनेको कोईला प्रयोगमा आएको भन्दै खुसी ब्यक्त गरेका छन् ।
जैविक उर्जा परियोजनाका बजार अधिकृत मनोज थापाले बनमाराबाट कोईला बनाउँदा वन संरक्षण हुनुका साथै आयआर्जन समेत गर्न सकिने भन्दै १६ बटा जिल्लामा परियोजना संचालन गरेर ७ सय ५० कोईला उद्यमी तयार गर्ने र १० हजार ५ सयलाई हरित रोजगार सृजना गर्ने उद्देश्य रहेको बताए । ४ वर्षे परियोजना अन्र्तगत ३० हजार टन कोईला उत्पादन गर्ने भन्दै बनमारा र झाँडी बुट्यानबाट बनाईएको कोईलामा अन्य कोईलामा भन्दा तापीयशक्ति बढी हुने जनाए ।
     कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्रका निर्देशक सरोज कोईरालाले बारा जिल्लामा पहिलो पटक बुट्यानबाट कोईला उत्पादन सुरु गर्न लागिएको भन्दै ब्यवसायिक रुपमा यसको विकास गर्न आवश्यक तयारी भईरहेको जानकारी दिए ।  
कोईला उत्पादक, होटल ब्यवसायि र संचारकर्मीको सहभागिता रहेको कार्यक्रमको संचालन दिपनारायण रायले गरेका थिए ।

Post a Comment

 
Top