0
निजगढसमचार, निजगढ, २३ असोज
सगरमाथा बचत तथा ऋण सहकारी संस्था निजगढको १६ औ साधारण सभा शनिबार सम्पन्न  भएको छ । संस्था संचालन समितिका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा भएको सो सभामा कोषाध्यक्ष रिता भण्डारीले चालु आर्थिक बर्षमा ४ करोड २ लाख ३१ लख ८८ रुपैया बराबर आयव्याय विवरण पेश गर्नु भएको थियो ।
     सभामा संस्थाका लेखा समिति संयोजक बच्चुराम लामिछानेले लेख प्रतिवेदन पेश गर्नु भएको थियो ।
राष्ट्रिय बचत तथा ऋण सहकारी संघका सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको सो सभामा सहकारी डिभिजन कार्यालयका प्रमुख कुलोत्तम पोखरेलको समेत विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ निजगढमा उपाध्यक्ष मुकुन्द लामिछाने, निजगढ गाविसका पुर्व उपाध्यक्ष अम्बिका चौलागाईले साधारण सभा सफलताको लागि शुभ कामना व्यक्त गर्नु भएको थियो ।
      कार्यक्रममा ०७१ सालको ए्सएलसी परीक्षामा ८८.५ प्रतिशत अंक प्राप्त गरी निजगढ स्रोतकेन्द्रबाट सर्वोत्तम स्थान हासिल गर्ने गौरीशंकर उमाविका छात्र सदिश खुलाललाई एक हजार नगद सहित पुरस्कार र प्रशसा पत्र प्रदान गरिएको थियो । सोही अवशरमा निजगढ नपा अन्तरगत सार्वजनिक विद्यालयमा अध्ययनरत ४ जना गरिव र जेहेन्दार छात्रछात्रा र जेष्ठ नागरिकलाई आर्थिक सहयोग र सम्मान गरिएको थियो ।
      कार्यक्रममा संस्थाको बाल बचत, असल ऋणी, उत्कृष्ठ बचतकर्तालाई पनि सम्मान गरिएको छ । त्यसैगरी सभारण सभाको अवशरमा संस्थाले आयोजना गरेको निजगढ स्तरीय अन्तर उमावि हारिजीजवाफ प्रतियोगितामा विजयी छात्रछात्रालाई पनि पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ ।  संचालक समितिकी सदस्य दुर्गा कोइरालाले स्वागत मन्तव्य र बोधनाथ चौलागाईले कार्यक्रमको सचालन गर्नु भएको थियो ।

Post a Comment

 
Top