0
निजगढ समाचार, निजगढ, १७ असोज
सगरमाथा बचत तथा ऋण सहकारी संस्था निजगढले आफ्नो १६ औ साधारण सभाको अवसरमा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।
निजगढ स्रोत केन्द्रका विद्यालयबीच संचालन गरेको प्रतियोगिमा शनिबार सार्वजनिक मावि बागदेव र गौरीशंकर उमावि निजगढ ७ प्रथम भएका छन् । समान ५५/५५ अंक प्राप्त गरेर दुबै टोली पहिलो बनेका थिए ।  प्रतियोगितामा ३५ अंक सहित विद्यासागर उमावि व्दितीय भएको छ । प्रतियोगितामा निजगढ स्रोत केन्द्रका ५  विद्यालयको सहभागिता थियो ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको प्रमुख आतिथ्यता र सस्थाका शिक्षा उपसमिति अध्यक्ष बद्रीनारायण झाको अध्यक्षतामा भएको सो प्रतियोगिताको संचालन शिक्षक बोधनाथ चौलागाईले गर्नुभएको थियो । कार्यक्रममा सार्वजनिक माविका प्रध्यानाध्यापक हस्तबहादुर लामा, गौरीशंकर उमाविका शिक्षक रुपराम घिसिङ्ग लगायतले प्रतियोगिताको महत्व बारे मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा विजयी विद्यालय र छात्रछात्राहरुलाई आगामी २३ गते हुने संस्थाको साधारण सभामा पुरस्कार वितरण गरिने छ ।


Post a Comment

 
Top