0

तेल नहुदा अत्यावश्यक सवारी साधन चल्न सकेनन्

महेश्वर अधिकारी, निजगढ, २३ असोज
बारा निजगढमा तेलको संकट चुलिएपछि ईलाका प्रहरी कार्यालयको पहलमा आज सर्वपक्षिय छलफल भएको छ । प्रहरी निरीक्षक राजन मैनालीको पहलमा आयोजित छलफलमा स्थानीय राजनीतिक दल र संघ संस्थाका प्रतिनिधि सहभागि थिए ।
पेट्रोलिय पदार्थको अभावमा अत्यावश्यक साधन संचालन गर्न गाहे भएको गुनासो बढेपछि कतैबाट पहल नभएको भन्दै प्रहरी निरीक्षक मैनालीले आयोजना गरेको सर्वपक्षिय छलफलमा सहभागिले विरामी बोक्ने एम्बुलेन्स, खानेपानी र खेत जोत्ने ट्याक्टर संचालन हुन समस्या भएको गुनासो पोखेका थिए ।
नाकाबन्दी पछि विभिन्न ठाँउमा कोटा निर्धारण गरेर तेल वितरण भईरहदा समेत निजगढमा रहेको बिनाय आयल स्टोर्सले एक पटक पनि तेल वितरण नगरेको भन्दै आक्रोश पोखेका थिए ।
आयन निगमसंग माग गरेर जति सकिन्छ त्यति भए पनि तेल वितरण गर्नुपर्ने आयल स्टोर्सका संचालक गोपाल श्रेष्ठ मोवाईल स्वीज अफ गरि सम्पर्क बाहिर बसेको भन्दै आलोचना गरेका थिए ।
डिजेल अभावमा निजगढ नगरपालिकामा संचालनमा रहेका चार वटा एम्बुलेन्स संचालन हुन नसकेको र ४ हजार विगाहा बढी खेत चिसो सुक्न लाग्दा समेत जोत्न नसकेको छलफलमा सहभागि पद्म बहादुर खड्काले गुनासो पोखे ।
छलफलमा निजगढ नगरपालिकाका राजेन्द्र कार्की, नविन खनाल, शसस्त्र प्रहरी नायब उपरिक्षक निरंकार शुक्ला, निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, प्रहरी निरीक्षक राजन मैनाली, रेडक्रश उपशाखा निजगका सभापति कृष्ण प्रसाद खरेल, सामुदायमा आधारित प्रसुति गृहका एक बहादुर श्रेष्ठ, किशोर नेपाल, उद्योग वाणिज्य संघ निजगका उपाध्यक्ष प्रमोद सिंग्देल, पत्रकार जितलाल श्रेष्ठ, महेश्वर अधिकारी लगायत सहभागि थिए ।
    सर्वपक्षिय भेलाले तेल सहज बनाउन उद्योग वाणिज्य संघ निजगका उपाध्यक्ष प्रमोद सिंग्देलको संयोजकत्वमा समिति निर्माण गरेको छ । समितिमा रेडक्रश उपशाखा निजगका सभापति कृष्ण प्रसाद खरेल, एक बहादुर श्रेष्ठ, सुरेश खनाल र किशोर नेपाल सदस्य छन् । समितिले तेल सहज बनाउन नेपाल आयल निगम क्षेत्रिय कार्यालय अम्लेखगञ्जमा पहल गर्ने भएको छ ।

Post a Comment

 
Top