0
महेश्वर अधिकारी, निजगढ, २३ असोज 
बाराको निजगढमा खोलामा डुबेर एक युवक घाईते भएका छन् । बारा निजगढ ८ का २२ वर्षिय ईराज कोईराला पानी डुबेर घाईते भएका हुन् ।
    निजगढ नगरपालिकास्थित मोहरी खोलामा नुहाउने क्रममा डुबेर घाईते भएका हुन् । घाईते कोईरालाको उपचारका लागि हेटौडा लगिएको छ । शनिबारको विदा मनाउन साथीहरुसंग नुहाउने क्रममा आज दिउँसो हिलोमा गाडिएर घाईते भएका उनको उद्धार गरि उपचारका लागि पठाईएको हो ।

Post a Comment

 
Top