0
निजगढसमचार, निजगढ, २३ असोज
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढको सधारण सभाको  लागि नगरपालिका वडा नं. ४, ६ र ७ मा शनिबार प्रतिनिधि छनौट गरिएको छ । वडा नं. ५ को भेलामा भने साधारण सदस्यको कोरम नपुगेको र ८ र ९ मा उपभोक्ताबीच छनौट प्रकृयामा सहमति हुन नसकेपछि भेला स्थगित भएको छ ।
    संस्थाको नया विधान अनुसार प्रतेक २० जना उपभोक्ता सदस्य बराबर एक जना प्रतिनिधि चुनिने र तिनै मार्फत सधारण सभा गर्ने व्यवस्था छ । भेलाबाट छनौंट भएका प्रतिनिधिहरु साधारण सभाको सदस्य हुने र चयन हुन नसकेका वडाहरुमा अर्को निर्णय गरेर प्रतिनिधि चयन गरिने संस्थाका अध्यक्ष यमबहादुर खडकाले जानकारी दिए । संस्थाले साधारण सभाको लागि ३३ प्रतिशत महिला प्रतिनिधि समेत चुनिनु पर्ने व्यवस्था गरेको छ । खानेपानी संस्थामा करिव ३ हजार ९ सय उपभोक्ता रहेका छन ।

Post a Comment

 
Top