0
महेश्वर अधिकारी, बारा, १९ असोज

लाखौं नेपाली बैदेशिक रोजगारीको शिलशिलामा परदेशमा छन् । सबैलाई रहर हुन्छ घर परिवार र साथीभाईसंग दशैं–तिहार मनाउने तर सबै परदेशीले कहाँ छुट्टि पाउँछ र !

    घरपरिवार र साथीभाईलाई सम्झेर दशै–तिहारमा घर आउन नपाएका परदेशीको पीडा समेटिएको लोक भाका बजारमा आएको छ ।   बारा डुमरवाना  नयाँबस्तीका केदार प्रसाद सापकोटा ‘कुलदीप’ को शब्द समेटिएको लोक भाका  बजारमा आएको हो ।

साहित्य लेखनामा सक्रिय रहदै आएका गढीमाई नगरपालिका –१५ का केदार हाल बैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् । केदारले दशैको अवसर पारेर भर्खरै मात्र बजारमा ल्याएको लोकदोहोरी गितले हरेक परदेशीको मन छुन्छ ।

केदार प्रसाद सापकोटा ‘कुलदीप’को शब्दमा ‘यसपालीको दशैं र तिहारमा’ एल्बम बजारमा आएको हो । बिन्दबासीनी म्यूजिकको प्रस्तुतीमा आएको उक्त एल्बममा देबी घर्ति र शिशिर भुसालले स्वर दिएका छन् । यसको लय शंकलन गणेश चौलागाईले गरेका हुन् ।



Post a Comment

 
Top