0

निजगढसमाचार,काठमाण्डौं, १५ जेठ
सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ५० अर्ब रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् ।
  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार तीन बजे बसेको मन्त्रिपरिषदको बैठकले ठूलो आकारको बजेट स्वीकृत गरेको हो । बजेटको आकार १० खर्ब ५१ अर्ब रुपैयाँको भएको एक मन्त्रीले निजगढमाचारलाई जानकारी दिए ।
   अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४१ अर्ब रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो ।
  चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो ।

Post a Comment

 
Top