0

निजगढसमाचार, निजगढ
१० माओवादी घटक विच एकिरण भई महाधिवेश आयोजक समिति बनाईएको नेकपा माओवादी केन्द्रमा बाराका एक सचिवालय सहित ९ जना केन्द्रिय सदस्यमा चुनिएका छन् ।
त्यसमा बाराको निजगढले पनि एक केन्द्रिय सदस्य पाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको ६ सय ९९ अधिवेशन आयोजन समितिको सचिवालयमा गोपाल ठाकुर चयन भएका छन् ।  उनी मातृका यादब नेतृत्वको नेकपा माओवादीबाट एकिकरण प्रकृयामा आएका हुन् ।
त्यस्तै एमाओवादीका पूर्व केन्द्रिय सदस्य जयराम दाहाल नव गठित केन्द्रको केन्द्रिय सदस्य चुनिएका छन् । यस अघि एमाओवादीमा केन्द्रिय सदस्य रहदै आएका क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’, र ज्वाला साह पुनः केन्द्रमा केन्द्रिय सदस्य भएका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा बादल नेतृत्वमा एकता प्रकृयामा सहभागि भएका राजन पौडेल, देवेन्द्र पराजुली, सोनालाल साह, श्यामकिशोर यादब केन्द्रको केन्द्रिय सदस्य चुनिएका छन् ।
त्यस्तै मणी थापा नेतृत्वको माओवादीबाट एकिकरणमा आएका निजगढका पुण्य गौतम ‘विश्वास’ नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यका रूपमा चुनिएका छन् । जेठ ६ गते बिहिबार राजधानीमा आयोजित माओवादी एकीकरणबाट गौतम केन्द्रीय सदस्य पदमा चुनिएका हुन् । उनलाई पार्टी पोलिटब्युरो अथवा सचिवालय राख्ने भन्नेबारे पनि छलफल भइरहेको बुझिएको छ ।
को हुन विश्वास
निजगढको नचिनेको नाम हैन् पुण्य गौतम ‘विश्वास’ । लामो समय साहित्यिक आन्दोलन र माओवादी आन्दोलनमा क्रियाशील गौतम मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति प्रवेश गरेका हुन् । निष्ठाको राजनीतिलाई सर्वोपरि महत्त्व दिने गौतम प्रगतिशील लेखक सङ्घ (प्रलेस) का वरिष्ठ केन्द्रीय सचिवसमेत हुन् । उनको राजनीतिक यात्रा निकै सङ्घर्षपूर्ण रह्यो । सांस्कृतिक र राजनीतिक आन्दोलनका क्रममा उनले पटक पटक बन्दी जीवन बिताउनु प¥यो भने चरम् शारीरिक यातनासमेत भोग्नु प¥यो ।
निजगढको सार्वजनिक मा.वि.बाट विद्यालयीय शिक्षा आरम्भ गरेका गौतमले वि.सं. २०४५ देखि अखिल क्रान्तिकारीको राजनीतिबाट राजनीति सुरु गरेका हुन् । उनी बारा, पर्सा, रौतहट क्षेत्रको माओवादी सशस्त्र विद्रोहका पहलकर्तामध्ये एक हुन् । यसै क्रममा वि.सं. २०५५ मा उनलाई निजगढ प्रहरी चौकीमा थुनिएको थियो । सहयोगी र शालीन व्यक्तित्वका धनी उनी प्रखर वक्ता मात्र नभई सैद्धान्तिक रूपले समेत प्रतिबद्ध र बौद्धिक व्यक्तिसमेत हुन् । उनले स्नातकोत्तर (एमए) सम्मको औपचारिक अध्ययन पुरा गरेका छन् ।

Post a Comment

 
Top