0

निजगढसमाचार, काठमाण्डौं, १५ जेठ
काठमाडौं निजगढ द्रुतमार्ग निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यो द्रुतमार्ग निर्माण कार्य आगामी वर्षदेखि सुरु गर्ने मन्त्री पौडेलले बताए ।
  द्रुतमार्ग निर्माणका लागि आवश्यक प्राविधिक जनशक्तिसहितको कार्यालय स्थापना गरिने भएको छ । द्रुतमार्गका लागि आवश्यक स्रोत साधनको अभाव हुन नदिने मन्त्री पौडेलले बताए ।
  यो सडक काठमाडौंलाई तराईसँग जोड्ने महत्वपूर्ण सडकमा रुपमा लिइएको छ । यसअघि भारतीय कम्पनीलाई ठेक्का दिन लागिएकोमा नेपाल सरकारले आफैं बनाउने निणर्चय गरेको हो ।

Post a Comment

 
Top