0
निजगढसमाचार, निजगढ
बारा ६ का सांसद पुरुषोत्तम पौडेल संयोजक रहेको मध्यतराईका सासंदहरुको एउटा समुहले निजगढमा राष्ट्रिय गौरबका आयोजनाहरुका बारेमा सोमबार विशेष छलफल कार्यक्रम आयोजना गरेको छ ।
यहाँ प्रस्तावित दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल बारा, काठमाडौं –निजगढ द्रुतमार्ग, हुलाकी सडक निर्माण सहित बिशेष आर्थिक क्षेत्र र बीरगञ्ज चिनी कारखाना लगायत बिषयमा निजगढ उद्योग वाणिज्य संघको सभाहलमा बिशेष छलफल गरेको हो । छलफल कार्यक्रममा बारा, पर्सा रौतहट र सर्लाही जिल्लाका कांग्रेस र एमाललेका २० जना सांसदले सहभागिता जनाएका थिए ।  कार्यक्रमले चार बुँदे बिशेष प्रस्ताव समेत पारित गरेको छ । त्यसमा यी दुई आयोजनाको निर्माण आरम्भ तथा हुलाकी राजमार्ग र बिशेष आर्थिक क्षेत्र सेजको निर्माण एंव सञ्चालन रहेको सांसद पौडेलले जानकारी दिए ।
माधवको गर्जन 
छलफल कार्यक्रमका प्रमुख अतिथि रहेका पुर्व प्रधानमन्त्री तथा रौतहटका सासंद माधव कुमार नेपालले काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणमा ठुलो कमिसन खेल भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा पूर्व भौतिक पूर्वाधार मन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिको कटाक्ष गरेका छन् । उनले यी नेताले ३२ अर्व घोटाला गरेको आरोप लगाउँदै त्यसबारे बजेट अधिवेशनमा आफुले संसदमा देउवालाई ‘देखाई दिने’ चेतावनी समेत दिएका थिए ।
विकास सम्बन्धि कार्यक्रममा राजनैतिक आरोप प्रत्यारोपमा उत्रिएको भन्दै नेता नेपालको आलोचना भएको छ । कांग्रेस सासंदकै उपस्थितिमा नेताद्धयलाई कमिसनखोरको आरोप लगाउँदै ‘डोमिनेट’ गरेको  राप्रपा नेपाल निजगढ नगर अध्यक्ष बासुदेव तिमल्सिनाले अन्तुष्टि जनाएका छन् । उनले फेसबुकमा स्ट्याटस लेख्दै नेकपा  (एमाले)का बरिष्ठ नेताको ब्यवहार प्रति दुःख ब्यक्त गरेका हुन् ।
अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको नेतृत्व आफैंले गर्ने दाबी गरेका नेता नेपालले भने–‘फास्ट ट्रयाक र निजगढ विमानस्थलको काम मेरै कार्यकालमा सुरु भएको हो, अब निर्माणको नेतृत्व पनि मै गर्छु ।’ विमानस्थलको प्रधानमन्त्री केपी शर्मा लोलीबाट शिलन्यास गराउने चर्चा भईरहेको बेला नेता नेपालको यस्तो प्रतिकृया आएको हो । कार्यक्रममा माओवादी लगायतका सासंदहरुको उपस्थिति थिएन् । आफुहरुलाई खबर नगरेको भन्दै नेकपा माओवादी केन्द्रका सांसद प्रभु साह, दिलमाया धामी, डा. उषा किरण अन्सारीले यस अघि नै बताईसकेका छन् ।

Post a Comment

 
Top