0

निजगढसमाचार, निजगढ
वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६० औँ बुद्ध जयन्ती  बुद्धप्रति आस्था प्रकट गरी मनाईएको छ । सो अवसरमा बाराको निजगढ, सिगौंलमा प्रभातफेरी आयोजना गरिएको छ ।
निजगढ–८ गुम्बाटोलस्थित टाँसी छोयोई फेलिङ्ग गुम्बाको आयोजनामा गुम्बा परिषरबाट विहान निस्केको प्रभातफेरी  बकैया खोला पुगेर भमरा पुलसम्म पुगेको थियो । ¥याली भमरबाट फर्किएर पुनः गुम्बा परिषरमा पुगेर एक कार्यक्रमका विच समापन भएको थियो । गुम्बाका लामा गुरु पद्म लामाको अध्यक्षतामा भएको समापन कार्यक्रम रबिराज दंगाल, शिद्धिलाल लामा, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ लगायतले मन्तब्य राखेको कार्यक्रमको संचालन गुम्बा समितिका पेमा लामाले गरेका थिए । ¥यालीमा लायन्स क्लब अफ निजगढले सहयोग गरेको थियो । त्यस्तै क्लबकै सहयोगमा सिंगौलमा पनि प्रभातफेरी आयोजना गरिएको छ । टाँसी छोईलिङ्ग गुम्बा र टाँसी धार्गेलिङ्ग बौद्ध गुम्बाले शान्ति ¥याली निकालिएको हो । टाँसी छोईलिङ्ग गुम्बाका प्रमुख लामा चन्द्र बहादुर लामा र टाँसी धार्गेलिङ्ग बौद्ध गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर लामाको नेतृत्वमा ¥याली निकालिएको हो ।
बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामी’, ’धम्मम् शरणम् गच्छामी’ र ‘सङ्घम् शरणम् गच्छामी’ को नारा लगाईएको छ । 
२५६० औं वुद्ध जयन्तिको अवसरमा निजगढ नगरपालिका वडा न.१० रतनपुरी लालमा टासी सम्तेन्लिङ गुम्बाको शिलान्यास गरिएको छ । 
पूर्वसभासद् शोभकर पराजुलीले एक कार्यक्रमका विच शिलन्यास गरेका हुन् ।
कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, महिला नेतृ निरु रायमाझि लगायतको विशेष उपस्थिति रहेको थियो ।
यसैविच बुद्ध जन्मथलो लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्,भिक्षुहरुको सहभागिता रहेको थियो ।
नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा  विश्व प्रसिद्धि भए । ३६ वर्षको उमेरमा सारनाथमा बुद्धले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गरेको  बौद्ध दर्शनको खोज अनुसन्धानमा लागेका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए ।
‘सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुखैदुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ र दुःखको अन्त्यको उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो’– उनले भने ।
यसका साथै बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।  आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।
यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार   मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।
काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ ।
यसअवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूपको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व समेटिएको बौद्ध महाचैत्य (द ग्रेट बौद्ध स्तूप) पुस्तक सार्वजनिक गरिने भएको छ । 
बौद्ध धर्मका ञिङमा, शाक्य, गेलुक र काग्यु चारवटै सम्प्रदायका धर्मगुरुलाई बोलाएर ‘मानव जीवनमा बुद्ध वचनको महत्व’ विषयमा प्रवचन गरिने समितिका अध्यक्ष लामाले जानकारी दिए ।






Post a Comment

 
Top