0

मध्यतराईकै सबैभन्दा ठुलो यातायात ब्यवसायि संघ हो तराई यातायात ब्यवसायि संघ सिमरा । ट्रक ब्यवसायि संघको रुपमा परिचय बनाएको संघले ब्यवसायिको हकहितको लागि काम गर्दै आएको एक दशक बढी भईसक्यो ।
यसले भर्खरै साधारण सभा सम्पन्न गरि नयाँ नेतृत्व पाएको छ । प्रकृया नयाँ भए पनि अधिकांश पुरानै अनुहार दोहोरिएको छ । तेस्रो कार्यकालको लागि संघको अध्यक्षमा पुनः ओमकृष्ण कार्की विजयी भए । उनीसंगै कार्यसमितिमा रहेर काम गरेर अधिकांश सारथी पनि निर्वाचनमा विजयी भएका छन् ।
संघको निर्वाचनमा पुनः कार्की नेतृत्वको आगमनले ब्यवसायिको हकहित र संस्थागत विकासमा क्रियाशिलता पुष्टि गर्छ । उनको कार्यकालमा संस्था भवन निर्माण देखि बैज्ञानिक प्रविधिसंग जोडेर ब्यवसायिक गतिविधि संचालन र नियमन गर्दै आएको देखिन्छ । त्यस्तै ब्यवसायिको सवारी दुर्घटना हुदाँ भोग्नु पर्ने समस्या विकराल छ । समस्या समाधानमा संघले खेलेको भुमिका महत्वपूर्ण हुदाँ हुदै अझ ब्यवस्थित र दु्रत गतिमा सेवा दिन आवश्यक छ ।
संघको निर्वाचनमा निजगढले प्रतिनिधि पाएन् । यहाँका दुई जना ब्यवसायि बेग्ला–बेग्लै प्यानलबाट निर्वाचनमा भाग लिएका थिए । निजगढका ब्यवसायि माधव न्यौपाने र श्याम दंगाल निर्वाचनमा पराजित भएका हुन् । न्यौपाने अध्यक्षमा पराजित जगरनाथ कलवार प्यानलका उम्मेद्धार हुन भने दंगाल अध्यक्षमा निर्वाचित ओमकृष्ण कार्की प्यानलमा थिए ।
निजगढबाट एउटै साझा उम्मेदबार बनाउन नसक्दा ब्यवसायिले हार ब्यहोर्नु परेको हुन सक्छ तर कार्की प्यानलका अधिकांश ब्यवसायि निर्वाचित हुदाँ समेत दंगाल पराजय भोग्नु प¥यो । निजगढबाट पुराना र ठुला ब्यवसायिको उम्मेदवारी नपर्नु पनि पराजयको एउटा अर्को कारण बन्न पुगेको अनुमान गरिएको छ ।
अब संघले निजगढलाई कसरी प्रतिनिधित्व गराउन सक्छ त्यसतर्फ पनि ध्यान पु¥याओस् । निजगढका ट्रक ब्यवसायिको पीरमर्का बुझ्न सक्ने र सहयोगी भुमिका खेल्ने ब्यवसायिलाई संघमा मनोनयन गरेर पनि प्रतिनिधित्व गराउन सकिन्छ । त्यस्तै निजगढमा ढाँट राखेर ब्यवस्थित गर्न समेत आवश्यक रहेको ब्यवसायिको आवाज पनि सम्बोधन गर्न संघको ध्यान पुगोस् । नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको हार्दिक शुभकामना !

Post a Comment

 
Top