0
निजगढसमाचार, लच्का
भुवन पौडेल/भुकम्पले काम नलाग्ने गरि क्षेति पुगेको बाराको निजगढ–७ स्थित सत्याश्वर शिव शक्ति निम्न माध्यमिक विद्यालयको एउटा भवन शिलन्यास गरिएको     छ ।
एक कार्यक्रमका विच मंगलबार विहान दुई कोठे पक्की भवन शिलन्यास गरिएको हो ।
पूर्व युवा तथा खेलकुद मन्त्री एवं बारा क्षेत्र नं. ६ का सासंद् पुरुषोत्तम पौडेलले धार्मिक विधि अनुसार भवनको शिलन्यास गरेका हुन् ।
शिलन्यास कार्यक्रममा निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमल कुमार पोखरेल, कार्यालयका ओभरसियर नविन खनाल, नेकपा एमाले निजगढ नगर संयोजक दिलबहादुर लामा, साविक निजगढ गाविसका पूर्वउपाध्यक्ष अम्बिका चौलागाई, घनश्याम लम्साल, भोजराज अधिकारी लगायतको सहभागि     थिए ।
रु. १० लाख लागतमा निर्माण हुन लागेको भवनको लागि बाराका सासंदहरुको सिफारिसमा सांसद पुरूषोतम पौडेलले संसद बिकाश कोषबाट उपलब्ध गराएको प्रअ गोपाल थापाले बताए ।

Post a Comment

 
Top