0
 निजगढसमाचार, निजगढ
बारा डुमरवानाका नाजिर हुसेन पछिल्लो समयमा उदाउँदै गरेका कलाकार एक प्रतिक्षित चलचित्रको लीड रोलका लागि पक्का भएका छन् ।
निर्माता सुनिलकुमार थापाले बनाउन लागेको चलचित्र ‘ए मेरो हजुर २’मा नाजिरलाई पक्का गरिएको हो ।
चलचित्र ‘जंगे’ हेरेपछि नाजिरको काम मन परेको र फाइनल गरिएको सुनिलले बताएका छन् । नाजिर पनि यो टिमसँग जोडिन पाउँदा खुशी देखिएका छन् । आफ्नो क्यारेक्टरमा पर्र्फेट काम गर्न माहिर मानिएका यी कलाकारको अहिले चर्चा चुलिदो छ ।
डुमरवाना कला केन्द्र मार्फत आसपासमा सडक नाटकबाट कलाकारिता थालेका नाजिक स्नातक अध्ययनकै गर्दागर्दै काठमाण्डौं हानिएका थिए ।
मण्डला थ्रिइटर मार्फत आफ्ना कला देखाएका नाजिरले आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
चलचित्र ‘ए मेरो हजुर’ को क्रेजलाई नै छुनु पर्ने भएकाले पनि नायिका झरना थापालाई यसका सिक्वेल चुनौतीपूर्ण बनेको छ ।
साउनको पहिलो साताबाट छायांकनमा जाने भएकाले पनि सुनिल अब एक नायक र नायिकाको खोजीमा छन् । बसन्त सापकोटाले चलचित्रको गीत तयार पारिसकेका छन् । चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग फाइनल कुरा भैरहेको छ । साम्राज्ञीले फाइनल जवाफ नदिएपनि काम गर्न सक्ने प्रवल संभावना रहेको वुझिएको छ ।
अर्का, एक लीड नायकको खोजी पनि यसको निर्माणपक्षले गरिरहेको छ । नायिका झरना थापा यो चलचित्रबाट निर्देशक बन्दैछिन् ।
यसैविच नाजिर अभिनित चलचित्र ‘गाँठो’ भदौ ३१ मा रिलिज हुने भएको छ । पूर्वघोषित रिलिज मितिभन्दा एक सातापछि सर्दै फिल्म पूर्ववत् मितिमा फिल्म ‘छक्का पन्जा’ पनि रिलिज हुने भएपछि वितरक कम्पनी एफडीले सुरज भुसाल निर्देशित ‘गाँठो’ एक सातापछि धकेलेको हो ।
शनिबार ‘गाँठो’ ले एक कार्यक्रम गरी नयाँ रिलिज मितिसँगै पोस्टर तथा थिम सङ पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य तीन कलाकार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठ पस्किइएको छ ।

Post a Comment

 
Top