0
निजगढसमाचार, निजगढ
कम्प्यूटर र भाषा तालिम संचालन गर्दै आएको निजगढ–९ स्थित कुशल कम्प्यूटर प्रशिक्षण केन्द्रले साहित्यिक कार्यक्रमलाई निरन्तरता दिएको     छ ।
केन्द्रले मासिक रुपमा साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ । केन्द्रले जेठ पहिलो साता सांस्कृतिक साहित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । 
केन्द्रका संचालक रामकृष्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नव साहित्य मञ्च निजगढकी अध्यक्ष सरस्वती बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा  मञ्चका जुगल किशोर लामिछाने, निजगढसमाचारका कार्यकारी सम्पादक महेश अधिकारीले मन्तब्य ब्यक्त गरेको कार्यक्रममा रामकुमार खड्का उपस्थिति रहेको कार्यक्रममा स्वागत हाम्रो मामाघर बाल संरक्षण संस्थाका अध्यक्ष हरि अधिकारीले गरेका थिए ।
कार्यक्रममा सन्तोष पौडेलले को होला त्यो.. बोलको गित प्रस्तुत गरेका थिए । सरस्वती बस्नेत, आईटी केयर ईन्सीच्यूटका का उमेश तिमल्सिना, सार्वजनिक माध्यमिक विद्यालयका शिक्षक अजय उप्रेती, लेखराज खत्री, सञ्चिता घिमिरे, राजकिशोर लामिछाने, श्रीराम तिमल्सिनाले आफ्नो प्रस्तुती दिएका थिए । 
त्यस्तै त्यहाँ आयोजित हाजिरी जवाफ प्रतियोगितामा समुह ‘एफ’ प्रथम भयो । समुहका अभिशेक खरेल, दिपेन्द्र खड्का, राहुत ठाकुरलाई केन्द्रले पुरस्कृत गरेको छ । त्यस्तै प्रतियोगितामा समुह ‘डि’ द्धितीय भयो । समुहका दिपमाला पराजुली, विश्वराज घिसिङ्ग र एलिना अर्याललाई केन्द्रले पुरस्कृत ग¥यो । प्रतियोगिताको तृतीय पुरस्कार समुह ‘सी’ ले हात पा¥यो । समुहका संचिता घिमिरे, सबिना खुलाल र सृजना कार्कीलाई केन्द्रका संचालक पाण्डे र मञ्चका खड्काले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमका विच केन्द्रमा अध्यनरत विद्यार्थीको प्रगती विवरण अनुसार पुरस्कार वितरण गरिएको थियो ।
केन्द्रको विभिन्न सत्रमा अध्ययनरत विद्यार्थी मध्ये उत्कृष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा सदिक्षा मोक्तान, दिपमाला पराजुली, सपना चौधरी र सैजाद महम्मद् पुरस्कृत भएका हुन् । त्यस्तै सर्वाधिक उपस्थित रोजिना थापा मगर र अनुशासित दिपेन्द्र खड्का  पुरस्कृत भए । उनीहरुलाई केन्द्रका संचालक पाण्डे र अग्रेजी भाषाका प्रशिक्षक हरि अधिकारीले पुरस्कार वितरण गरेका थिए । 

Post a Comment

 
Top