0
बस नचलेपछि सुनसान बसको निजगढको राजमार्ग । तस्वीर : नबराज खड्का
निजगढसमाचार, निजगढ, १३ जेठ
ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै आज बिहीबारका लागि चक्काजाम घोषणा गरेका कारण यातायात नचल्दा गन्तब्यको लागि हिडेका यात्रुहरु मारमा परेका छन् ।
गन्तब्यको लागि पूर्वपश्चिम राजमार्गको निजगढका विभिन्न यात्रु प्रतिक्षालयमा बस कुरेर बसेका यात्रुहरु सवारी नचल्दा समस्यामा परेका छन् । विहानै देखि बस कुरेर बसेका केहि यात्रुहरु घर फर्किन थालेका छन् । अत्यावश्यक कामले गन्तब्यको लागि बस कुरेर बसेका यात्रुहरु बढी समस्यामा परेका हुन् ।
निजगढ आसपासबाट छुट्ने टाटासुमो पनि आज चलेका छैन्  । निजगढबाट विहान छुट्ने सुमो नचल्दा राजधानी काठमाण्डौं जाने यात्रुहरु पनि समस्यामा परे । ब्यवसायिको हकहितको लागि आह्वान गरिको बन्दमा एक्यवद्धता जनाउँदै सुमो संचालन नगरिएको वेलकम सुमो सेवा निजगढका संचालक रमेश अर्यालले बताए । निजगढबाट करिब १७ वटा सुमो काठमाण्डौंको लागि संचालन हुदै आएको थियो । त्यस्तै सिंगौलबाट काठमाण्डौंको लागि छुट्ने यात्रु बस पनि आज संचालनमा आएको छैन् ।
ट्राफिक प्रहरीले नियम नमान्नेविरुद्ध जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । जरिवाना बढेपछि त्यसको बिरोधमा चक्काजामको घोषणा गरिएको हो ।
सडकमा विहानै काठमाण्डौंबाट हिजो छुटेका केहि रात्री बस चले पनि अहिले सडक प्रायः सुनसान छ । सडकमा निजि सवारी तथा थोरै संख्यामा मालबहाक ट्रकहरु चलेका छन् । यात्रुहरु ट्रक रोकेर पनि गन्तब्यमा जान खोजिरहेको छन् ।
ब्यवसायिका अनुसार भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द छन् । निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । निजी सवारी साधनको आवागमनमा भने कुनै अवरोध नगर्ने संगठनहरुले जनाएका छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि यातायात मजदुर व्यवसायीले चक्काजामको कार्यक्रम आयोजना गरेका छन् । गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहहित विभिन्न याताव्यवसायी संकर मजदुर संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै बिहीबारको चक्काजामको पुर्वनिर्धारित कार्यक्रम फिर्ता नहुने जनाएका थिए ।
व्यवसायी र मजदुरले राजमार्गलाई शान्ति तथा बन्दमुक्त क्षेत्र घोषणा गर्न माग गर्ने गरेकोमा यसपटक उनीहरू आफैं बन्दमा उत्रिन लागेका हुन् । यसबाट भाडाका सार्वजनिक सवारी प्रयोगकर्ता नागरिकहरु मर्कामा पर्नेछन् ।

Post a Comment

 
Top