0
निजगढसमाचार, कलैया, १३ जेठ
बाराको कलैया–बरियापुर सडक खण्डको बघवनबाट उद्योगी सुरेश केडिया अपहरण भएको छ । महागढीमाई नगरपालिका स्थित पसाहा खोला छेउमा बेलुकी ७ बजे केडिया चढेको बा. १० च. ७२४० नम्बरको गाडीमा अज्ञात समुहले गोली हानेका थिए । अपहरणकारीको गोली प्रहारबाट उनका चालक गम्भिर घाईते भएका छन् । कन्चटमा गोली लागी गम्भिर घाइते भएका चालक पर्सा विन्देवासिनी गाविस–२ का उमेश साह कानुलाई कलैया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको छ । उनको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ ।
नीजि कारमा बरियारपुरबाट कलैया हुँदै वीरगन्ज जाने क्रममा केडिया अर्गनाइजेशनका सदस्य ५६ बर्षीय सुरेश साँझ अपहरणमा परेका हुन् । बरियारपुरमा गल्ला भण्डारको कारोबार गर्दै आएका केडियालाई भारतीय नम्बरको बोलेरो गाडीमा रहेका हतियारधारी समुहले अपहरण गरेको प्रहरीले जनाएको छ ।
 सुरेश वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षका पूर्व अध्यक्ष हिरालाल केडियाका जेठा छोरा तथा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाका दाई हुन ।
चालकलाई घाइते बनाएपछि त्यही गाडीमा रहेका व्यापारी केडियाको अपहरण भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार व्यापारी केडियालाई अपहरण गरी अपहरणकारीको समुह बघवनबाट बरियारपुर हुँदै सीमावर्ती कवहीतर्फ भागेको छ । अपहरणकारी चढेको भारतीय नम्बरको स्कारपिओले मझरियामा स्थानीयको तीन वटा बाख्रालाई ठक्कर दिएर थियो ।
कडियाको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । भारतीय सुरक्षाकर्मी समेत अपहृतको खोजीमा परिचालन भएको बुझिएको छ । नेपाल–भारत सिमा बन्द गरेर अपहरणकारीको खोजी गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top