0
एक अर्व बजेट छुट्याईसकोको छ : मन्त्री पौडेल
महेश्वर अधिकारी, निजगढ, ५ साउन
निजगढ सार्वजनिक सरोकार समितिले निजगढ अन्र्तराष्ट्रिय विमानस्थललाई सरकारले बजेट मार्फत सम्बोधन गर्न माग गर्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल मार्फत प्रधानमन्त्री शुशिल कोईरालाई ज्ञापन पत्र पठाएको छ ।
      बारा क्षेत्र नं. ६ अन्र्तगत बाराको निजगढमा संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गर्न आएका सभासद्द्धय पुरुषोत्तम पौडेल र मधु शाही ठकुरीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
      सरोकार समितिका सचिव रबिराज दंगालले आयोजनालाई प्राथमिकतामा राखेर प्रयाप्त रकम विनियोजन गर्ने माग समेटिएको ज्ञापन पत्र मन्त्री पौडेल मार्फत प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, गृहमन्त्रालय, नागरिक उड्यान तथा पर्यटन मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
     ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले अर्थमन्त्रीले बजेट भाषणमा निजगढ विमानस्थलको नाम छुटाए पनि बजेट छुट्याईएको बताए । विमानस्थलको प्रारम्भिक कामको लागि एक अर्व बजेट छुट्याइएको जानकारी दिदै आयोजनाको कार्यालय सिमरामा राख्ने तयारी भईरहेको र आयोजना निर्देशक तोकि सकेको बताए ।

Post a Comment

 
Top