0
महेश्वर अधिकारी, निजगढ, ८ साउन
सवारी दुर्घटनामा बारा निजगढका दुई जनाको मृत्यु भएको छ । आज विहान टायल बोकेर रौतहट जाँदै गरेको ना. २ त ३०५६ नम्बरको टेक्टरमा सभार निजगढ ७ का ५५ वर्षिय सोमबहादुर माझी र २५ वर्षिय टेक बहादुर माझीको घटनास्थलमा नै मृत्यु भएको हो ।
    पूर्वपश्चिम राजमार्ग अन्र्तगत रौतहटको लमाह जंगलमा बसले ओभरटके गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
     काठमाण्डौंबाट जनकपुर  जाँदै गरेको ना. ४ ख. ६२२९ नम्बरको यात्रु बसले टेक्टरलाई दाँया साईडमा ठक्कर दिदाँ भएको दुर्घटनामा अर्का निजगढकै दिनेश माझी घाईते भएका छन् । उनलाई उपचारका लागि वीरगंज पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

Post a Comment

 
Top