0
महेश्वर अधिकारी, निजगढ, ५ साउन
बाराको निजगढ नगरपालिका–८ गौरिशंकर उच्च माध्यमिक विद्यालय अहिले कुनै प्रहरी क्याम्प भन्दा कम छैन् । तालिमका लागि त्यहा प्रहरीले अस्थायी क्याम्प पनि खडा गरेका हैनन् । शसस्त्र प्रहरी र नेपाल प्रहरी दुवै त्यहाँ डफ्फा सहित उपस्थित छन् । शसस्त्र प्रहरीको १२ टोली र नेपाल प्रहरी ९० जना भन्दा बढी संख्यामा छन् ।
बाराको निजगढमा क्षेत्र नं. ६ अन्र्तगत संविधानको प्रारम्भिक मस्यौदामा सुझाव लिन मस्यौदा बोकेर युवा तथा खेलकुद मन्त्री एवं सभासद् पुरुषोत्तम पौडेल र सभासद् मधु शाही आउँदैछन् । कार्यक्रम समेत विथोल्ने तयारी भईरहेको बेला प्रहरीले उच्च सर्तकता अपनाउन भन्दै ‘क्याम्प’ खडा गरेको हो ।
शसस्त्र प्रहरी बेस क्याम्प शसस्त्र प्रहरी नायव उपरिक्षक अर्जुन प्रसाद सापकोटा र ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक रामलखन महत्तोको नेतृत्वमा प्रहरी परिचालन भएको छ । प्रहरीले विद्यालयलाई घेरा हालेर राखेको छ ।
निजगढका राप्रपा नेपाल र बैद्य माओवादीले कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको प्रहरी स्रोतले जनाएको छ । बाराको तीन वटै क्षेत्रमा सुझाव संकलन असफल भएको अवस्थामा आज निजगढ, छातापिपरा र कोल्बीमा सुझाव संकलन हुदैँछ ।
क्षेत्र नं. ४ अन्र्तगत छापापिपरामा मधेसवादी, माओवादी र राप्रपाका कार्यकर्ताले अवरोध पु¥याउने आंशकामा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ज्ञापन पत्र बुझाउने तयारी
विरोधका विच मस्यौदामा सुझाव संकलन कार्यक्रमा यहाँ विभिन्न कार्यक्रमको तयारी छ । निजगढ सार्वजनिक सरोकार समिति र विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाराले ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । सरोकार समितिले निजगढ अन्र्तराष्ट्रिय विमानस्थललाई सरकारले बजेट मार्फत सम्बोधन नगरेको विरोधमा संविधान मस्यौदा बोकेर निजगढ आउने सभासद्लाई ज्ञापन पत्र बुझाउने तयारी गरेको हो ।
मन्त्री पौडेल मार्फत प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, गृहमन्त्रालय, नागरिक उड्यान तथा पर्यटन मन्त्रालयमा ज्ञापन पत्र बुझाउन लागिएको सरोकार समितिका सचिव रबिराज दंगालले बताए ।
त्यस्तै विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाराले हिन्दु राज्यको माग राखेर संविधानको प्रस्तावनामा नै समेट्न सुझाव सहितको ज्ञापन पत्र सभासद्लाई बुझाउन लागिएको समिति बाराका अध्यक्ष बासुदेव गौतमले जानकारी दिए ।

Post a Comment

 
Top