0
महेश्वर अधिकारी, निजगढ, ५ साउन

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अर्थमन्त्रीले बजेट भाषणमा निजगढ विमानस्थलको नाम छुटाए पनि बजेट छुट्याईएको बताएका छन् । निजगढका जनतालाई विमानस्थलबारे स्पष्टिकरण दिदै मन्त्री पौडेलले विमानस्थलको प्रारम्भिक कामको लागि एक अर्व बजेट छुट्याइएको जानकारी दिए । निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले आयोजनाको कार्यालय सिमरामा राख्ने तयारी भईरहेको र आयोजना निर्देशक तोकि सकेको बताए ।

निजगढ अन्र्तराष्ट्रिय विमानस्थललाई सरकारले बजेट मार्फत सम्बोधन गर्न माग गर्दै बारा क्षेत्र नं. ६ अन्र्तगत बाराको निजगढमा संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गर्न आएका मन्त्री पौडेल मार्फत प्रधानमन्त्री शुशिल कोईरालाई ज्ञापन पत्र पठाएको छ ।

सरोकार समितिका सचिव रबिराज दंगालले आयोजनालाई प्राथमिकतामा राखेर प्रयाप्त रकम विनियोजन गर्ने माग समेटिएको ज्ञापन पत्र मन्त्री पौडेल मार्फत प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, गृहमन्त्रालय, नागरिक उड्यान तथा पर्यटन मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रको बोधार्थ सभासद् मधु शाही ठकुरीलाई समेत दिईएको छ ।
भिडियो 

Post a Comment

 
Top