0
महेश्वर अधिकारी, निजगढ, ६ साउन

संसदको विकास समितिका सदस्य एवं सभासद् रामअयोध्या यादबले काठमाण्डौंलाई तराई मधेस दु्रत मार्ग र निजगढ अन्र्तराष्ट्रि विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा नै राखेको बताउनुभएको छ । बाराको निजगढमा नेपाली कांग्रेस निजगढ नगरकमिटिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभासद् यादबले सरकारले विमानस्थल निर्माण गर्न त्यहाँ रहेका बस्ती ब्यवस्थित गर्न सरकारले एक अर्व बजेट छुट्याईएको बताए ।

    फास्ट ट्रयाक निर्माणका लागि कार्तिक देखि काम सुरु हुने जानकारी दिए । उनले जिल्लाका सभासद्हरुले ६ वटै क्षेत्रमा सडक विस्तार गर्ने योजना प्रस्तुत गरेको जानकारी दिदै मधेसकै नमुनाको रुपमा निजगढलाई स्मार्ट सिटी बनाउने योजना सरकारले प्रस्तुत गरेको बताए ।

सरकारले नाफा÷घाटा हेरेर विकास निर्माण गर्ने भन्दा पनि जनतालाई सेवा दिने योजना संचालन गर्नुपर्ने बताए । पथलैया–ढल्केबर सडकलाई ६ लेन बनाउने योजना अन्र्तगत निजगढमा नाला सहितको सडक निर्माण हुने बताए ।

राजनीतिक दलको भुमिका देखिएन्

सभासद् यादबले निजगढमा राष्ट्रिय गौरबको आयोजना संचालन हुने अवसर पाएको भन्दै त्यसलाई छिटो सम्पन्न गर्न राजनीतिक दलको महत्वपूर्ण भुमिका हुने बताउदै त्यसमा निजगढले प्रयाप्त भुमिका खेल्न नसकेको गुनासो गरेका छन् । स्थानीय राजनीतिक दलले टाँगियावस्ती व्यवस्थापनको लागि भुमिका नखेल्दा अघिल्लो वर्ष आएको बजेट समेत खर्च हुन नसकेको बताए ।

कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले हालै विस्तार भएको पर्सा वन्य जन्तु आरक्षका कारण स्थानीय जनता ससंकित भएको बताए । आरक्षबाट  वन्यजन्तु गाँउ प्रवेश गरेर मानविय र अन्नबाली क्षति गर्ने भएकाले त्यसलाई रोक्ने भरपर्दो ब्यवस्था नभएसम्म रतनपुरका जनताले दुःख पाउने भन्दै त्यस विरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने बताए ।

नगरकमिटि सभापति सुरेश खनालको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा महासमिति सदस्य मिना लामा, महासमिति सदस्य पेमासिद्ध लामा, निजगढ नगरकमिटि कार्यालय सचिव महेसी कुमल, भाईकाजी श्रेष्ठ, किशोर नेपाल, विर्ख बहादुर लामा, सहदेव गौतम लगायत सहभागि थिए ।



Post a Comment

 
Top