0
  निजगढ समाचार ४ साउन, मकवानपुर । मकवानपुरको हेटौंडामा संविधानको सुझाव संकलन कार्यक्रममा झडप हुँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाकी पत्नी प्रलिता थापा घाइते भएकी छन् ।प्रलितामाथि हातपात समेत भएको राप्रपा नेपालको आरोप छ ।
हटियास्थित एक समुदायीक भवनमा सुझाव संकलन भैरहेकाबेला प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा प्रहरीले लाठी चार्ज गरेको थियो ।
प्रहरीको लाठी प्रहारबाट कमल थापाकी पत्नी प्रलितासहित ११ जना घाइते भएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अनलाइनखबरलाई जानकारी दिए ।
प्रलिता पार्टीको महिला संगठनकी सल्लाहकार हुन् ।
केन्द्रीय सदस्य बर्तौलाले भने, ‘हामीले संविधानको सुझाव संकलनको विरोध गरेका छैनौं । कोठाभित्र सुझाव संकलन नगरी खुल्ला ठाउँमा गर्न माग गर्दा प्रहरीले पिट्यो ।’
सुझाव संकलनको विरोध नगरेको भन्ने राप्रपा नेपालले काठमाडौंको दशरथ रंगशालालगायत बिभिन्न जिल्लाहरुमा सुझाव संकलन कार्यक्रममा अवरोध गरिरहेको छ ।

Post a Comment

 
Top