0
महेश्वर अधिकारी, निजगढ, ७ साउन
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भोली आह्वान गरेको नेपाल बन्दको प्रचार प्रसार गर्न सिमरामा भित्ते लेखन गरेको छ । ने.क.पा. माओवादी बाराले सिमरामा भित्तेलखन गरेको पार्टीका ईन्चार्ज समेत रहेका विरोध शर्माले सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गरेका छन् ।
लिपुलेक हाम्रो हो जनवादी क्रान्ति नयाँ जिन्दाबाद साउन ८ गतेको नेपाल बन्द सफल पारौं भनि भित्तेलेखन गरेको छ । विप्लप माओवादीले चिन र भारतले गरेको आर्थिक सम्झौतामा उल्लेख लिपुलेक खारेज गर्नुपर्ने, चार दलले गरेको १६ बुदे खाजेर गर्नुपर्ने लगायत माग राख्दै भोली एक दिन नेपाल बन्द आह्वान गरेको छ ।

Post a Comment

 
Top