0
निजगढ समाचार, बारा, ४ साउन
संविधानको प्रारम्भीक मस्यौदामाथि राय सुझाव संकलन बारामा असफल उन्मुख भएको छ । जिल्लाको ६ वटा निर्वाचन क्षेत्र मध्ये तीन वटामा सुझाव संकलन हुन सकेन् भने बाँकी तीन वटा क्षेत्रमा पनि तनाब हुने देखिएको छ । बाराको क्षेत्र नं. १, २ र ३ मा सुझाव संकलन कार्यक्रम नै स्थगित भएको छ । भने भोली ४, ५ र ६ मा मस्यौदा बोकेर सभासद्हरु जाँदैछन् ।
      क्षेत्र न १ को सुझाव संकलनको लागि पुगेका सभासद रामअयोध्या प्रसाद यादव र डा. उषा किरण अन्सारी रित्तो हात फर्किएका छन् । कोतवालीमा भएको कार्यक्रममा मधेसवादी र बैद्य, मातृका नेतृत्वको माओवादीले कार्यक्रम विथोलेपछि सुझाव संकलन स्थगित भयो । नेकपा–माओवादी बाराका सह–सक्रेटरी श्यामकिशोर यादबले जनताको भावना विपरित संविधान ल्याउन नाटक मन्चन गरिएकोले कार्यक्रम असफल पारिएको बताए ।
         त्यस्तै क्षेत्र न २ को महागढीमाई नगरपालिकामा सुझाव संकलन कार्यक्रममा गोली नै चल्यो । सुझाव लिन पुगेका सभासद् कार्यक्रम स्थगित भएपछि भागाभाग भयो । मधेशी दलहरुले अवरोध गरेपछि झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । कार्यक्रममा सभासदहरु दिलमाया धामी र राधेचन्द्र यादव पुगेका थिए । जहाँ सुझाव संकलन हैन् बरु दर्जनौ घाइते भएका छन् ।
क्षेत्र नं. ३ को सिद्धेश्वर माध्यमिक विद्यालयमा झडप नै भयो । सभासद फरमुल्लह मन्सुर र लाल बाबु सिंह भूइहार सहभागि भएको कार्यक्रमा झडप भयो । जहाँ ४ जना घाइते भए । सघिय फोरम बाराका अध्यक्ष रामबाबु यादव, कवडिका राष्ट्रिय खेलाडि फुल महम्मद मन्सुरको टाउको फुट्यो ।
  राप्रपा नेपालका कार्यकर्ताले संविधान मस्यौदा च्याती जलाएर बिरोध जनाएका थिए । सुझाव संकलन जारी रह“दा नाराबाजीमा उत्रिएका राप्रपाका कार्यकताले दर्जनौ कुर्सी समेत भाचिदिएका छन् । धर्मनिरपेक्षताको विरोधमा रहेको राप्रपा नेपालले हिन्दु राष्ट्र राज्यको एजेण्डालाई मस्यौदामा समावेश नगरेकाले विरोध स्वरुप कार्यक्रम विथोलेको राप्रपा नेपालकी नेत्री सावित्री भारती बताउँछिन् । उनले जनतासंग मस्यौदा नभएकाले कसरी बहस गर्ने भन्ने प्रश्न गरिन ।
बाराको निजगढमा क्षेत्र नं. ६ को सुझाव लिन भोली मस्यौदा बोकेर युवा तथा खेलकुद मन्त्री एवं सभासद् पुरुषोत्तम पौडेल र सभासद् मधु शाही आउँदैछन् । कार्यक्रम समेत विथोल्ने तयारी भईरहेको स्रोतले बताएको छ ।

Post a Comment

 
Top