0
निजगढसमाचार, निजगढ, २९ फागुन
 निजगढ सुचना तथा संचार सहकारी संस्था लि. निजगढको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले साधारण सभाको उद्घाटन गरे ।
कार्यक्रममा  गौरी शंकर उच्च माध्यमिक विद्यालयका प्राचार्य सुदर्शन कोईराला, निजगढ समाचारका कार्यकारी सम्पादक महेश अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
साधारण सभाबाट गोविन्द घोरासाईने, उपाध्यक्षमा केशव ढोडारी, सचिवमा रुद्र घिताल, कोषाध्यक्षमा पेमामाया लामा, सदस्यहरुमा जितलाल श्रेष्ठ, तिलक घलान, नारायण गौतम, किरण श्रेष्ठ,अन्जु नेपाली लगयात ९ सदस्य रहेका छन् ।
साधारण सभाले केदार प्रसाद गौतमको संयोजकत्वमा केदार प्रसाद गौतम, मनोज रेग्मी, गोपीनी चौलागाई सदस्य रहेका छन् । संस्थाका अध्यक्ष घोरासाईनेको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव रुद्र घितालले गरेका थिए । यसैविच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष भोला प्रसाद गौतमले सपथ ग्रहण गराएका थिए ।
सहकारी मार्फत आमसंचार क्षेत्रमा पहुँच पु¥याउने उदेश्यले संस्था संचालन गरिएको अध्यक्ष घोरासाईनेले बताए ।

Post a Comment

 
Top