0
निजगढसमाचार, निजगढ
फागुन २९ शनिबार नेपालका चर्चित कलाकार आउँने भएका छन् ।
बाराको निजगढ–८ गौरी शंकर उमाविको प्रागंढमा हुने  प्रि–होली कन्र्सट २०७२ मा सहभागि हुन राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु आउन लागेका हुन् ।
युथ अफ निजगढले अघिल्लो वर्षझैं यस वर्ष पनि प्रि–होली आयोजना गर्न लागेको हो ।
कार्यक्रममा चर्चित गायक सुगम पोखरेल, गायिका ज्योती मगर, कमल क्षत्री, आकांक्षा बस्याल र दिनेश गौतमको प्रस्तुती रहने आयोजक संस्थाका उपाध्यक्ष उत्सब श्रेष्ठले जानकारी दिए ।
जनक कुमार श्रेष्ठको अध्यक्षतामा रहेको युथ अफ निजगढले कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ । प्रचार–प्रशार  लगायत टिकट विक्रि तिब्र रुपमा भईरहेको आयोजकले जनाएको छ ।
एक सय रुपैयाँ टिकट काटेर कार्यक्रम हेर्न सक्ने ब्यवस्था मिलाएको छ । यस अघिल्लो वर्ष  निःशुल्क प्रवेशको ब्यवस्था मिलाएको थियो । विक्रि भएको टिकट मध्येबाट लक्की ड्र मार्फत तीन जना भाग्यशाली दर्शकले तीन वटा एन्ड्रोड फोन पाउने छन् । कार्यक्रम सफल पार्न आयोजकले सबैसंग सहयोगका लागि अनुरोध गरेको छ ।

Post a Comment

 
Top