0

निजगढसमाचार, सिमरा, २३ फाल्गुन 
सशस्त्र प्रहरीको एपिएफ क्लबलाई स्तब्ध पार्दै रुपन्देही ११ सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकप फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतवार भएको प्रिक्वार्टरफाईनल खेलमा एपिएफलाई २–१ ले पराजित गर्दै रुपन्देही अन्तिम आठमा प्रवेश गरेको हो । 
   रुपन्देहीलाई जित दिलाउने क्रममा म्यान अफ दि म्याच घोषित योगेश गुरुङ र बुद्ध चेमजोङले गोल गरे । एपिएफका लागि भने गणेश लावतीले गोल फर्काए ।  प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातमै खेलमा रुपन्देहीले अग्रता लिएको थियो । खेलको ४६ औ मिनेटमा योगेश गुरुङको आकर्षक गोलले रुपन्देही अग्रता लियो । डिबक्सभित्र बाट योगेशले गरेको प्रहार पोष्टमा लाग्दै जाली चुम्न सफल भएको थियो । रुपन्देहीको तुलनामा सन्तुलित प्रदर्शन गरेको एपिएफले खेलको ५८ औ मिनेटमा बराबरी गोल फर्कायो  । राजेन्द्र रावलको क्रसलाई सदुपयोग गर्दै लावतीले खेल बराबरीमा पु¥याएका हुन् । 
    खेलको सुरुवातदेखीनै रुपन्देहीलाई दवावमा राखेपनि अवसरको सदुपयोग गर्न नसकेको एपिएफको गोलसंगै खेल निकै रामोञ्चक बन्न पुग्यो ।  खेलमा रुपन्देहीले एपिएफका स्ट्राईकर अन्जन बिष्ट र गणेश लावतीको थुप्रै प्रयास बिफल तुल्याएका थिए । रुपन्देहीले पनि केही अवसर गुमाउन पुग्दा निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
   अतिरिक्त समयको १५ औ मिनेटमा रुपन्देहीका लागि बुद्ध चेमजोङले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्स बाहिरबाट चेमजोङले गरेको प्रहार रोक्न एपिएफका गोलरक्षक अमृत चौधरी 
पूर्णरुपमा असफल बनेका थिए । चेमजोङको प्रहार पोष्टमा लागेर जाली चुम्न पुगेको थियो । 
   अतिरिक्त समयमा अग्रता लिएपछि रक्षात्मक खेल खेलेको रुपन्देहीले एपिएफलाई दवावमा राख्दै नजिता आफ्नो पक्षमा पा¥यो । जितसंगै रुपन्देहीले धरानको बिराट चोकमा सम्पन्न कङदङवा गोल्डकपको फाईलनमा ब्यहोरेको हारको बदला समेत लिएको छ । खेलको म्यान अफ दि म्याच रुपन्देहीका योगेश गुरुङ घोषित भए । टिमको पराजयपछि एपिएफका प्रशिक्षक जनक सिंहले केही अवसर गुमाउन पुग्दा टिमले हार ब्यहोर्नुपरेको बताए । खेलाडीले आराम नभएका कारण पनि सोचेजस्तो प्रदर्शन हुन नसकेको उनको भनाई थियो । रुपन्देहीका सहायक प्रशिक्षक जगुनाथ खड्काले टिमको जितबाट सन्तुष्ट रहेको बताए । जितसंगै धरानमा ब्यहोरेको हारको बदला समेत लिएको उनको भनाई थियो । जितसंगै क्वार्टरफाईनलमा पुगेको रुपन्देहीले
सेमिफाईनल प्रवेशका लागि अब लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लबसंग खेल्नेछ । 
   प्रतियोगिता अन्र्तगत सोमबार रुस्लान थ्रिस्टार क्लब र बिभागिय टिम नेपाल आर्मी क्लबबिच हुनेछ ।

Post a Comment

 
Top